काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मञ्जुश्री फाइनान्सले आफ्नो इटहरी शाखामार्फत् लक्ष्मी माध्यमिक विद्यालय, इटहरीलाई विभिन्न शैक्षिक तथा आवश्यकताका सामग्रीहरू सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।
मञ्जुश्री फाइनान्सले २० थान पंखा, १३ थान डस्टबिन, १० थान बाल्टिन, आठ कार्टुन स्यानिटरी प्याड, एक थान वाटर डिस्पेंसरका साथै एक थान कलर प्रिन्टर तथा स्क्यानर गरी करिब एक लाख ३० हजार बराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।
प्राथमिक तहदेखि माध्यमिकसम्मका विद्यार्थीलाई शिक्षा दिँदै आएको विद्यालयमा करिब साढे तीन सय विद्यार्थी अध्ययनरत छन् । समाजको सेवामा सदैव तत्पर मञ्जुश्रीले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न शाखामार्फत् सहयोग पु¥याउँदै आएको जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम