रसुवा । चीनतर्फबाट आएको भीषण बाढीले रसुवास्थित प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ।
चिलिमे जलविद्युत् कम्पनीका सीईओ बाबुराजा महर्जनका अनुसार, रसुवागढी, त्रिशूली थ्री–ए, त्रिशूली, र देवीघाट जलविद्युत् आयोजना पूर्णरूपमा बन्द छन्, जसका कारण २०० मेगावाट विद्युत् उत्पादन रोकिएको छ।
रसुवागढी र त्रिशूली थ्री–एमा ठूलो क्षति भएकाले ती आयोजना तत्काल सञ्चालनमा ल्याउन नसकिने जनाइएको छ।
हाल देशभर अन्य आयोजना सञ्चालनमा रहेकाले समग्र विद्युत् आपूर्तिमा ठूलो प्रभाव नपरे पनि प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक रहेको कम्पनीले जनाएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच