धादिङ । त्रिशुली नदीमा पानीको बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ । गजुरी गाउँपालिका-६ बेल्खु भन्ने स्थानमा एक जना र गल्छी गाउँपालिका-२ केउरेनी भन्ने स्थानमा एक जना गरी दुई जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ स्थित त्रिशुली नदी किनारमा जलाउँदै गरेको एउटा शव नदीले बगाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढी भोटेकोसी हुँदै त्रिशूलीमा मिसिँदा त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको हो । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको वडा अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
उता, चीनबाट आएको बाढीको प्रभाव त्रिशूली नदी र बुढीगण्डकी दोभानसम्म देखिन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चीनबाट मंगलबार बिहान आएको भीषण बाढी भोटेकोसी नदीमा मिसिँदा नेपाली भूभागमा व्यापक क्षति पुगेको छ । डेढ दर्जन हराइरहेका छन् । बाढी पूर्वानुमान महाशाखाकाअनुसार, नारायणी नदी जलाधारको त्रिशूली उपजलाधारअन्तर्गत भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको महाशाखाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा असार २३ गते राति भारी वर्षासँगै त्रिशुली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकोले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनामा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र