झापा । झापाको काँकरभिट्टाबाट आज एयर पेस्तोल र सोमा लाग्ने मेटल बुलेटसहित एकजना भारतीय नागरिक प्रतीक अग्रवाल पक्राउ परेका छन् ।
भारत पश्चिम बंगाल सिलिगुडीका २५ वर्षीय अग्रवाललाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
डब्लयू बी ७४ ए जे ०४०० नम्बरको स्कुटर चलाइरहेका उनी मेची भन्सार कार्यालय परिसरबाट पक्राउ परेको काँकडभिट्टा प्रहरीले जनाएको छ । स्कुटरको डिक्की जाँच गर्दा एक थान एयर पेस्तोल र प्लास्टिकमा पोको पारिराखेको अवस्थामा र सोही पेस्तोलमा प्रयोग हुने १८ थान मेटल बुलेट फेला परेको प्रहरीले जनाएको छ ।
अग्रवालको साथबाट चार थान मोबाइलसमेत बरामद गरिएको छ । अग्रवाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
पेस्तोल कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र