काठमाडौं । अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिसमिल्लाह जान शिनवारीको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएका शिनवारीको ४१ वर्षको उमेरमा निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले पुष्टि गरेको छ । १९८४ मा जन्मिनुभएका शिनवारीले आफ्नो करियरमा ३४ एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) खेलमा अम्पायरिङ गर्नुभएको थियो । उहाँ अफगानिस्तानको एलिट अम्पायरिङ प्यानलका एक सम्मानित सदस्य हुनुहुन्थ्यो ।
शिनवारीले ३१ फस्र्ट क्लास, ५१ लिस्ट ‘ए’ र ९६ घरेलु टी-२० खेलहरूमा पनि अम्पायरिङ गर्नुभएको थियो । उहाँ अफगान क्रिकेटका समर्पित सेवकका रूपमा चिनिनुहुन्थ्यो । नेपालले खेलेका विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा पनि अम्पायरिङ गर्नुभएका शिनवारीले नेपालमा आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा समेत अम्पायरको भूमिका निर्वाह गर्नुभएको थियो ।
अफगानिस्तान क्रिकेट बोर्डले एक शोक सन्देश जारी गर्दै शिनवारीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ । बोर्डले भनेको छ, ‘हामी अत्यन्त दुखी र स्तब्ध छौं । बिसमिल्लाह जान अफगान क्रिकेटका महान् सेवक हुनुहुन्थ्यो । हामी उहाँको परिवार, मित्र र सम्पूर्ण अफगान क्रिकेट समुदायप्रति हार्दिक समवेदना प्रकट गर्छौं ।’







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :