काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्राण्डस्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम/आइटिएफ/एटिएफ यू-१४ टिम टु युरोपअन्तर्गत चार प्रतियोगिता खेल्ने हुनुभएको छ । शिभालीले फ्रान्समा दुई तथा जर्मनी र बेल्जियममा समान एक-एक प्रतियोगिता खेल्ने हुनुभएको हो ।
प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुनुहुनेछ । त्यसपछि शिभालीले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
यस्तै, जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा सहभागी हुनुहुनेछ । जुलाइ २८ देखि अगस्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । अगस्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कपमा सहभागी हुनुहुनेछ । शिभाली आज(बुधबार) फ्रान्स प्रस्थान गर्दै हुनुहुन्छ ।
उक्त प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुनुहुन्छ । एसियामा चौथो वरीयता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस संघले जनाएको छ । एसियाबाट समान ६-६ पुरुष/महिला गरी १२ खेलाडीमात्र प्रतियोगिताका लागि छनोट भएका थिए ।
शिभालीलाई नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक