झापा । आज साँझ ५ ः३० बजेतिर झापा सदरमुकाम भद्रपुरबाट प्रहरीले गोली प्रहार गरी पक्राउ परेका लागूऔषध कारोबारीको पूर्ण विवरण खुलेको छ ।
पक्राउ परेका व्यक्ति एकजना भारतीय नागरिक र एकजना नेपाली हुन् ।
झापा प्रहरीका अनुसार भारत बिहार राज्य, किशनगञ्ज जिल्लाका ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका ५ का ५५ वर्षीय नशुरुद्धिन मिया छन् । भद्रपुर ७ अन्तरगग हुलाकी राजमार्गको एक चिया पसलमा उनीहरू रहेकोे सूचनाको आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रहरी नायव निरीक्षक कुमारसोमेश लामिछानेसहित सातजनाको टोली उनीहरुलाई पक्राउ गर्न परिचालित भएको थियो ।
हातपात भएपछि प्रहरीले छ राउन्ड गोली चलाएको हो । प्रहरी माथि हातपात गरी भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको एक गोली मियाको दाहिने खुट्टाको पिढ्यौलामा लागेको छ। उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार गरिएको र उनको अवस्था सामान्य छ ।
प्रहरीले आलमको साथबाट दुईवटा प्लाष्टिकको पोकामा राखिएको १०३ ग्राम ७० मिलिग्राम र मियाको साथबाट सोही संख्याको पोकामा राखिएको १०२ ग्राम १० मिलिग्राम गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।
पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच