काठमाडौं । चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई अनिवार्य रूपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ । बोर्डले एक पत्र लेख्दै देशभरका १६६ हललाई तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको हो ।
असार १६ गतेदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली सञ्चालनमा आएको जनाउँदै बोर्डले तथ्यांक पेश गर्न निर्देशन दिएको हो । तथ्याङ नदिने हललाई कानुनको उल्लंघन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐन अनुसार कारबाही गर्ने चेतावनी समेत पत्रमा उल्लेख छ ।
बोर्डले प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघलाई समेत पत्र लेखेको छ । बोर्ड स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली सुरु भएको जनाइएको थियो । बोर्डका अनुसार एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइलमा बक्सअफिसको एप सञ्चालनमा आइसकेको छ भने एप्पलको आइओएस अपरेटिङ सिस्टममा आउन बाँकी छ ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य