काठमाडौं । चलचित्र ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मीठो जोवन’ सार्वजनिक गरिएको छ । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको गीतको भिडियो सार्वजनिक भएको हो । डान्सिङ नम्बरको रूपमा तयार गरिएको यस गीतमा दीपक शर्माको शब्द र संगीत छ भने रचना रिमाल र सविन सुवेदीको स्वर छ । गीतको भिडियोमा केदार र वर्षाको नृत्य देख्न सकिन्छ । कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको हो ।
मधुसुदन शर्मा निर्मित र ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’बाट लामिछाने करिब आठ वर्षपछि निर्देशनमा फर्किनुभएको हो । चलचित्रका प्रस्तुतकर्ता तथा सह–निर्माता मुनाल घिमिरे पनि लामो समयपछि निर्माणमा फर्किनुभएको हो । हाल उहाँ दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष हुनुहुन्छ । निर्देशक लामिछानेका अनुसार ‘माग्ने राजा’ ले आफैंलाई राजा ठान्ने अहिलेको युवापुस्ताको मनोविज्ञान र समाजिक कथावस्तु प्रस्तुत गर्नेछ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्रमा केदार र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी तथा टिकटकर मोडल पवित्रा साकी (मिस पबी)को अभिनय छ । चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । नरेन्द्र मैनालीको छायांकन, मित्र डी गुरुङको सम्पादन, सामीप्यराज तिमल्सेनाको कथा, पटकथा र संवाद तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको यो चलचित्रको वितरण आरआर फिल्मस्ले गर्नेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर