काठमाडौं । हिन्दुस्तान लिभरका पूर्वअध्यक्ष सुसिममुकुल दत्तको ८९ वर्षको उमेरमा निधन भएको छ । हालको हिन्दुस्तान युनिलिभर लिमिटेडका पूर्वअध्यक्ष दत्तको हालै मुम्बईमा निधन भएको हो । दक्षिण एसियाली कर्पोरेट जगत्का एक प्रभावशाली व्यक्तित्व उहाँलाई नेपालमा युनिलिभर नेपाल लिमिटेडको स्थापना गर्नुभएको ऐतिहासिक योगदानका लागि विशेष रूपमा स्मरण गरिन्छ ।
कम्पनीका अनुसार हिन्दुस्तान लिभरमा उहाँको चार दशकभन्दा लामो कार्यकाल रहृयो । अध्यक्षको भूमिकामा रहँदै उहाँले कम्पनीलाई रणनीतिक रूपमा विस्तार र तीव्र प्रगतिको मार्गमा डो¥याउनुभयो । दत्तका थुप्रै उपलब्धिमध्ये नेपालमा विस्तार गर्ने उहाँको दृष्टिकोण क्षेत्रीय औद्योगिक विकासको एक ऐतिहासिक मोडका रूपमा स्मरणीय छ । उहाँकै अगुवाइमा सन् १९९२ मा युनिलिभर नेपाल लिमिटेडको स्थापना भएको थियो । उहाँले स्वयं हेटौँडास्थित कारखानाको स्थापना प्रक्रिया प्रारम्भ गर्नुभएको थियो । हाल हेटौँडा कारखानाले लाखौँ नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन प्रदान गर्दै देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ ।
सन् १९९६ मा सेवानिवृत्तपछि पनि दत्तले दिगोपन, उत्तरदायी व्यापार र नैतिक नेतृत्वजस्ता मूल्य मान्यताहरूमा निरन्तर जोड दिनुभयो । युनिलिभरका वरिष्ठ कर्मचारी शोभन रोय भन्नुहुन्छ, ‘दत्तको सपना थियो, नेपाल लिभरलाई देशकै अग्रणी एफएमसिजी कम्पनी बनाउने, उहाँ मृदुभाषी, नम्र र सरल स्वभावका व्यक्ति हुनुहुन्थ्यो, साथै स्पष्ट दृष्टिकोण र प्रेरणादायी नेतृत्व क्षमताका असल मार्गदर्शक हुनुहुन्थ्यो ।’ तर, आज युनिलिभरले एउटा दिग्गज नेतृत्व गुमाएको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :