काठमाडौं । फिफा वरीयतामा नेपाली पुरुष राष्ट्रिय फुटबल टिम एक स्थानले पछाडि परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १७५औँ स्थानमा थियो ।
नेपालले फिफाको पछिल्लो जुन विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसक्रममा नेपालले हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो भने एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग दुई-एकले पराजित भएको थियो । लाओसमै भएको उक्त खेलमा नेपाल हार्दा नेपाली फुटबल इतिहासमै लाओससँगको यो पहिलो पराजय हो ।
दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा
दक्षिण एसियाली राष्ट्रहरूका सन्दर्भमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । भारत ६ स्थान खस्कँदै १३३औँ स्थानमा झरेको भए पनि दक्षिण एसियाको शीर्ष स्थानमा यथावत् रहेको छ । माल्दिभ्स सात स्थान घटेर १७१औँ स्थानमा पुगेको छ र दोस्रो स्थानमा छ । नेपाल १७६औँ स्थानमा तेस्रोमा रहँदा, चौथो स्थानमा रहेको बंगलादेश १८४औँ स्थानमा छ । बंगलादेश एक स्थान घटेको हो ।
त्यस्तै, भुटान चार स्थान घट्दै १८६औँ स्थानमा पाँचौंमा पुगेको छ । श्रीलंका भने सुधार गर्दै २००औँ स्थानबाट १९६औँ स्थानमा उक्लिएको छ । पाकिस्तान भने तीन स्थान खस्कँदै २०१औँ स्थानमा झरेको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर