काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बैकुण्ठनाथ दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट अस्वस्थ रहेका दाहालको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।
२०१३ साल चैत २९ गते ओखलढुंगाको बरुणेश्वर-२ रामपुरमा जन्मिनुभएका दाहाल हाल उदयपुरको त्रियुगा नगरपालिका-३ बोक्सेमा स्थायी बसोबास गर्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।
२०२९ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका दाहाल जीवनभर पार्टी र कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहनुभएको थियो । दाहाल संयुक्त जनमोर्चा, नेकपा माओवादी हुँदै पछिल्लो समय नेकपा एमालेमा आबद्ध हुनुहुन्थ्यो । लामो समय पत्रकारिता र सामाजिक सेवामा सक्रिय दाहाल नेपाल बार एसोसिएसन, उदयपुरका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :