काठमाडौं । अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले गुरु पूर्णिमाको अवसर पारेर आफ्नो कलायात्राका गुरुहरूको सम्मान स्वरूप कलाका विभिन्न विधाका कलाकर्मीलाई सम्मान गर्नुभएको छ । अभिनेत्री शर्माले आफू वरिष्ठ सल्लाहकार रहेको नेपाल पूर्वप्रहरी कलाकार संघमार्फत् आफ्ना गुरुहरूको नाममा स्थापित सम्मानबाट कलाकर्मीलाई सम्मान गर्नुभएको हो । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभा हलमा सम्पन्न संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणा स्वरूप उहाँहरूको नाममा स्थापना गरेको सम्मान कलाकर्मीलाई प्रदान गर्नुभएको हो ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई राजपाल थापा नृत्य साधना सम्मान २०८२, साहित्यकार रमण घिमिरेलाई चेतन कार्की गीति वाङ्मय सम्मान २०८२, वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८२ र वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई हाडा एण्ड पाल हास्य वाङ्मय सम्मान २०८२ बाट सम्मानित गरिएको हो ।
संगीतकार गुरुङ देशबाहिर रहेका कारण उहाँको सम्मान उहाँकै छोरा रजय गुरुङले ग्रहण गर्नुभएको थियो । कलाकर्मीलाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दीपक थापा, पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अभिनेता तथा रंगकर्मी हरिहर शर्मा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, मिथिला शर्मा, गौरी मल्ललगायतले सम्मान प्रदान गर्नुभएको थियो ।
संघकी सल्लाहकार मिथिला शर्माले आफू जन्मिएको ठाउँमा उभिएर गुरुहरूलाई सम्मान गर्न पाउँदा भावुक भएको बताउनुभयो । ‘अभिनय, गायन र नृत्यका मेरा गुरुहरूलाई गुरु दक्षिणा स्वरूप यो सम्मान स्थापना गरेकी हुँ । ३६५ दिनमा यो विशेष एक दिन गुरुहरूलाई सम्झिएर यो कार्यक्रम गर्दा गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गर्विलो इतिहास सम्झिइरहेकी छु । आमाबुबा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन । तर पनि उहाँहरूको नाममा केही गरेर सदा आशीर्वाद पाइरहुँ जस्तो लाग्छ,’ कार्यक्रममा अभिनेत्री शर्माले भन्नुभयो ।
प्रहरी महानिरीक्षक दीपक थापाले यो संघको वार्षिकोत्सवमात्रै नभई रचनात्मक र सिर्जनात्मक कार्यक्रम भएको चर्चा गर्दै आफू स्रष्टा कलाकार नभए पनि संगठन र व्यक्तिगततर्फबाट संघलाई सहयोग गर्ने घोषणा गर्नुभयो । सम्मानित कलाकारका तर्फबाट बोल्दै अभिनेत्री वसुन्धरा भुसालले २०२३ सालमा श्रीमान् र आफ्नो भेट प्रहरी क्लबमै नृत्य गर्ने क्रममा भएको स्मरण गर्दै आज सोही क्लबमा सम्मानित हुन पाउँदा भावुक भएको सुनाउनुभयो । ‘मेरो श्रीमान्सँग प्रहरी क्लबमै भेट भएको थियो । श्रीमान् प्रहरी कलाकार नभएको भए अगाडि आउन सक्दिन थिएँ होला । त्यो बेला मेरो प्रिय बाल कलाकार मिथिला बहिनी थिइन् । उसैले यो हलमा कार्यक्रम गरेर सम्मान गर्दा निकै भावुक भएकी छु । मैले अभिनय गर्दा जोकर्नी भनेर हेपिन्थ्यो । तर, यही क्षेत्रबाट यो उच्च सम्मान पाउँदा अन्य विभिन्न सम्मानभन्दा निकै महत्वपूर्ण सम्मान पाएको महसुस गरेकी छु ।
मिथिलाले कस्तो सम्मान ग¥यो भने सम्मानपूर्वक योसँगको रकम पनि खुलाएको छैन । म गुरु भेटी सम्झेर आज दिइएको खाम नखोली राख्छु,’ भुसालले भन्नुभयो । कार्यक्रममा प्रहरी कलाकारहरूले विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए ।







समाजशास्त्र प्राध्यापकको नतिजा रोकिएपछि त्रिवि
सुदूरपश्चिमकाे पाँचाैं मुख्यमन्त्रीका रुपमा नेकपाका
जलवायु परिवर्तनका मुद्दामा युवाको आवाजलाई
पत्रकार किशोर श्रेष्ठलाई भदौ १
इतर पक्षलाई ७ बुँदे प्रस्तावमा
काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता