काठमाडौं । वर्षौँसम्म अमेरिका बसेर आफ्ना व्यावसायिक सीप र क्षमताको प्रभावशाली प्रयोग गर्दै सफलता प्राप्त गर्नुभएका विकास सैन्जु अब नेपाल फर्किएर शैक्षिक क्षेत्रमै नवीन सोच र आधुनिक दृष्टिकोणसहित सक्रिय हुनुहुन्छ ।
हाल उहाँ काठमाडौंस्थित नासा कलेजमा प्रमुख कार्यकारी निर्देशक (सिइओ) का रूपमा कार्यरत हुनुहुन्छ । उहाँको कुशल नेतृत्वमा सो संस्था नयाँ उचाइमा पुग्दै गएको छ । व्यवस्थापनमा उहाँले भित्र्याएको नवीनता, अन्तर्राष्ट्रिय अनुभव र प्रगतिशील शिक्षण पद्धतिले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच उत्साह र भरोसा पैदा गरिरहेको छ ।
नेपालको शैक्षिक प्रणालीमा गुणस्तरीय सुधार आवश्यक रहेको वर्तमान अवस्थामा विदेशमा आर्जन गरिएको अनुभवसहित सैन्जुजस्ता व्यक्तित्वहरूको योगदान महत्वपूर्ण मानिएको छ । हाल नासा कलेजमा ७० भन्दा बढी जनशक्तिलाई रोजगारी दिइएको छ ।
उहाँ अमेरिका बसाइमा केवल उद्यमशीलताको अभ्यासमा सीमित हुनुभएन । बरु व्यवस्थापन, कर्मचारी नेतृत्व, सेवाको गुणस्तर र ग्राहक सन्तुष्टिमा आधारित सोच विकास गर्नुभयो । ‘मैले व्यवसायबाट सिकेको सबै कुरा अब म शिक्षामा लगानी गर्दैछु,’ उहाँ भन्नुहुन्छ, ‘उत्कृष्ट प्रणाली, स्पष्ट लक्ष्य र टिमवर्कले जुनसुकै क्षेत्र बदल्न सक्छु ।’
उहाँ निकट भविष्यमा कलेजलाई अन्तर्राष्ट्रिय साझेदारीमा जोड्ने, विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गर्ने र ग्रामीण तथा पिछडिएको क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर दिने दीर्घकालीन योजनामा हुनुहुन्छ ।
विकास सैन्जुजस्ता उद्यमशील र दूरदर्शी व्यक्तित्वले शिक्षा प्रणालीमा गहिरो परिवर्तन ल्याउन सक्ने प्रमाणित हुन्छन् । अमेरिका बसाइमा व्यावसायिक सफलता हासिल गरेपछि देश फर्केर शिक्षा रूपान्तरणमा जुट्नु साँच्चिकै प्रेरणादायी कार्य हो । ‘जहाँ पनि सफल हुन सकिन्छ तर जन्मभूमिको सेवा भने सधैँ विशेष हुन्छ,’ विकास सैन्जु भन्नुहुन्छ । नेपालको शिक्षामा नयाँ उचाइ ल्याउने यो यात्रा अब सशक्त नेतृत्वका साथ अघि बढ्दैछ विकास सैन्जुको दृष्टिकोणले मार्गदर्शन गरिरहेकै छ ।
गुणस्तरीय शिक्षाको पर्यायः नासा कलेज
पछिल्लो डेढ दशकदेखि नेपाली शिक्षा क्षेत्रमा नवप्रवर्तन गर्दै आएको नासा कलेज आज गुणस्तरीय शिक्षाको प्रतिष्ठित गन्तव्यका रूपमा स्थापित भएको छ । प्रतिस्पर्धात्मक शुल्कमा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यले स्थापना भएको यस कलेजले हजारौं विद्यार्थीलाई उज्ज्वल भविष्यको बाटो देखाउँदै आएको छ ।
काठमाडौंको गैरीगाउँ, तीनकुनेमा अवस्थित नासा कलेजले प्लस टु तहमा विज्ञान र व्यवस्थापन साथै त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित स्नातक तहका बिबिएस र बिएएस डब्लु जस्ता स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विसं. २०६७ मा संस्थापक अध्यक्ष प्रकाश थापाको दूरदर्शी नेतृत्वमा स्थापित कलेजले सुरुदेखि नै शिक्षाको गुणस्तर, व्यावहारिक सीप र विद्यार्थीको समग्र विकासमा जोड दिएको छ ।
नासा कलेजले स्मार्ट क्लास रूम, अत्याधुनिक प्रयोगशाला, डिजिटल शिक्षण प्रणाली, होस्टेल र यातायात जस्ता आवश्यक पूर्वाधार उपलब्ध गराउँदै आएको छ । हालै निर्माण गरिएको आधुनिक भवनमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण तयार गरिएको छ, जसले विद्यार्थीलाई अनुसन्धान, नवप्रवर्तन र दीर्घकालीन लक्ष्यमा केन्द्रित रहन सहयोग पुर्याउँछ ।
कलेजले शैक्षिक कार्यक्रमसँगै अतिरिक्त र सह-पाठ्यक्रम गतिविधिहरूमा समेत विशेष प्राथमिकता दिँदै आएको छ । शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यावहारिकता र सिर्जनशीलता विकासमा केन्द्रित रहने कलेजको लक्ष्य छ । एआई जस्ता नवीन प्रविधिको उपयोगमार्फत् शिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउँदै कलेजले विद्यार्थीलाई भविष्यका चुनौतीका लागि तयार पार्दैछ ।
व्यक्तित्व विकास, नेतृत्व दक्षता र व्यावसायिक सफलता हासिल गराउन नासा कलेजले सफल व्यक्तिहरूसँग अन्तरक्रिया, सेमिनार तथा कार्यशालाहरूसमेत नियमित सञ्चालन गर्दै आएको छ । शिक्षा क्षेत्रमा स्थापित यो संस्थाले गुणस्तर, पहुँच र नवप्रवर्तनको सन्तुलनमार्फत् आफूलाई एक अग्रणी शैक्षिक संस्थाका रूपमा प्रमाणित गरिसकेको छ ।







मिराज ढुंगानाले भने–‘म जनजीविकामा सुधार
सुधन गुरुङलाई नेकपा सांसद पुनको
राप्रपाले कारबाही सिफारिस गरेका बागमतीका
आधा जितिसक्यौँ, रुख चुनाव चिह्न
‘पार्टी टुक्रिने सम्भावना देखिएको छ,
वन अधिकृत हुँ भन्दै ठगी