नेपालमा अन्तर्राष्ट्रियस्तरको संस्कृत सम्मेलन हुनु हाम्रा लागि गौरवको विषय हो । विश्वका संस्कृतका अनुरागी नेपालमा जम्मा भएर शास्त्रको चिन्तन र प्रयोगका साथै संस्कृत वाङ्मयका यावत् विषयवस्तुका बारेमा विमर्श हुनु समग्र वाङ्मयका निम्ति नै यो नवीनतम् आयाम हो । यस कार्यमा अहोरात्र खट्नुहुने सम्पूर्ण महानुभाव धन्यवादका पात्र हुनुहुन्छ । समग्र पक्षलाई हेर्दा सम्मेलन फलीभूत नै भएको देखिन्छ । नेपालमा संस्कृत सम्मेलन हुँदै गर्दा पनि संस्कृतप्रतिको बुझाइ केवल भाषाका रूपमा रहेको पाइयो । आमधारणा सुन्दा संस्कृत केवल भाषा हो र यसको संरक्षण आवश्यक छ भन्ने विषयले अधिक प्रश्रय पाएको देखियो ।
मूलतः संस्कृत वाङ्मयको रूपमा बुझ्नु आवश्यक छ । हरेक विषयवस्तुको आद्यस्रोत संस्कृतमा प्राप्त हुन्छ । यसैले संस्कृतको महत्व छ भन्ने कुरालाई आमरूपमा अझै पु¥याउन सकिएको देखिएन । केवल भाषाकै रूपमा मात्र व्यवहार गर्ने र कुनै कित्तामा राख्ने प्रवृत्ति आमरूपमा रहेको पाइन्छ जुन संस्कृत वाङ्मयको उन्नयनका निम्ति बाधक हुनसक्छ । संस्कृत वाङ्मय वेददेखि आजका आधुनिक ग्रन्थसम्मलाई यसभित्र राखेर अध्ययन गरिनु र यसको भाषिक पक्षभन्दा पनि तात्विक पक्षलाई उजागर गरिनु आवश्यक देखिन्छ ।
अन्तर्राष्ट्रिय सम्मेलन हुँदै गर्दा र वक्ता एवं विशिष्ट व्यक्तिका मन्तव्यबाट पनि यस्तै कुरा झल्किरहेका थिए । मूलतः संस्कृतलाई भाषाभित्रै मात्र व्यवहार गरेको पाइयो । संस्कृत वाङ्मयमा प्रवेश गर्ने एक माध्यम मात्र भाषा हो । जहाँ वेददेखि वर्तमानका प्रकाशित ग्रन्थसम्म यसमा अन्तर्निहित छन् । अझ भनौँ संस्कृतमा नभएको संसारमा केही छैन । हरेक विषयवस्तुको मूल संस्कृत वाङ्मय नै हो । हाम्रा जीवन र जगत्का यावत् पक्षमा संस्कृत वाङ्मय विद्यमान रहेको कुरा हामीले बुझ्नु र बुझाउनु आवश्यक छ । लिच्छिवि कालमा संस्कृत भाषा बोलिन्थ्यो । यसैले स्वर्गयुग भएको मात्र होइन संस्कृत वाङ्यका यावत् विषयवस्तुको अनुशरण गरिन्थ्यो ।
वेदबाट आरम्भ भएको संस्कृत वाङ्मयमा नभएका कुनै कुरा छैनन् । आजका यावत् विषवस्तु यसमा अन्तर्निहित छन् । वेदका दुई शाखा ज्ञान र कर्मकाण्डमा नै संस्कृत वाङ्मय व्याप्त छ र यसको माध्यम भाषा संस्कृत हो भन्ने कुराको प्रचार हुनु आज आवश्यक छ । ज्ञानकाण्डका उपनिषद्को महिमा अपरम्पार छ ।
यसैले समृद्ध भएको कुरालाई पनि साथमै जोड्नु आवश्यक देखिन्छ । यसैगरी यावत् विद्वान्का मन्तव्यमा भाषालाई नै जोड दिएको पाइयो । भाषा संस्कृत वाङ्मयको एक पाटोमात्र हो । जसबाट अनन्त ज्ञानको प्रवाहमा प्रवाहित हुन सकिन्छ भन्ने विषयवस्तुको उठान कमै विद्वान्बाट भएको पाइयो । यवात्का बुझाइनमा संस्कृतलाई केवल भाषाका रूपमा मात्र प्रस्तुत गरिएको देखिन्छ । अब संस्कृतलाई भाषामात्र होइन जीवन र जगत्का यावत् पक्षमा बुझाउन सक्नुपर्दछ ।
वेदबाट आरम्भ भएको संस्कृत वाङ्मयमा नभएका कुनै कुरा छैनन् । आजका यावत् विषवस्तु यसमा अन्तर्निहित छन् । वेदका दुई शाखा ज्ञान र कर्मकाण्डमा नै संस्कृत वाङ्मय व्याप्त छ । यसको माध्यम भाषा संस्कृत हो भन्ने कुराको प्रचार हुनु आज आवश्यक छ । ज्ञानकाण्डका उपनिषद्को महिमा अपरम्पार छ । जसको प्रयोग जीवनलाई सुन्दर र सार्थक बनाउन गरिन्छ । जसलाई बुझ्न वेदान्त दर्शनको साहरा लिनुपर्दछ ।
हुन त सम्मेलनमा संस्कृतका यावत् विषयवस्तुका विमर्श नभएका होइनन् । ती सीमित रहे भने आमरूपमा हुने उद्घाटन एवं समापन समारोहमा यस्ता कुराको झलक प्रस्तुत गरिनु आवश्यक हुन्छ । संस्कृत केवल भाषामात्र होइन भन्ने विषय सम्बन्धी श्रव्यदृश्य, वाङ्मयका यावत् पाटाको हाम्रा जीवन र जगत्सँगको प्रत्यक्ष सहकार्यका सम्बन्धमा पनि प्रस्तुति भएको भए आमरूपमा यी विषयवस्तुको ज्ञान प्रकाशित हुनसक्थ्यो । अधिकांश मन्तव्यमा केवल भाषालाई मात्र चर्चा गर्दैगर्दा यसभित्रको ज्ञान पक्ष ओझेलमा परेको जस्तो देखियो ।
भाषामात्र होइन संस्कृति र सभ्यताको जननी पनि संस्कृत हो । शिक्षा, स्वास्थ्य र जीवनदर्शको आधार पनि संस्कृत वाङमय नै हो । प्राचीन पद्धतिदेखि अत्याधुनिक विषयवस्तुसँग पनि संस्कृतको प्रत्यक्ष सम्बन्ध विद्यमान छ । हरेक आविष्कारका पछि संस्कृतका सूक्ष्म पक्षको ज्ञान प्रवाहित भएको कुराको प्रसार आज आवश्यक देखिन्छ । चार वेद र वेदका षडङ्ग शिक्षा, कल्प, निरुक्त, छन्द, ज्योतिषका सूक्ष्म पक्षको जीवनमा प्रयोगको चर्चा आज आवश्यक देखिन्छ । उपवेद आयुर्वेद, धनुर्वेद, गान्धर्वदे, स्थापत्यवेद अन्तर्गतका गुहृय रहस्यको उद्घाटन गरिनुपर्दछ । यसैगरी ब्राहृमण, आरण्यक, उपनिषद्को प्रयोग र जीवनको साक्षात्कारका बारेमा चर्चा हुनुपर्दछ । यसैगरी दर्शनको पनि महत्वपूर्ण स्थान छ । भौतिक एवं आध्यात्मिक दुवै पक्षको विशाल ज्ञानलाई आमपक्षमा दर्शाउनु आज आवश्यक देखिन्छ ।
संगीतको आदि स्रोत सामवेद हो । यज्ञादि कर्मकाण्डको विधान यजुर्वेदमा वर्णित छ । स्थापत्य वेद वास्तुकलाको आद्य ग्रन्थ हो । धनुर्वेदमा युद्धकलाको ज्ञान विद्यमान छ । आयुर्वेदमा चिकित्सा ज्ञानको भण्डार अन्तरनिहित छ । जो निरोधात्मकभन्दा पनि निदानान्तक पद्धति हो । यसै गरी शिक्षा, कल्प, निरुक्त छन्द, ज्योतिष पनि संस्कृृत वङ्मयकै विशिष्ट विधा हुन् । राजनीतिको गुरु ग्रन्थ महाभारत हो, कौटिल्यको अर्थशास्त्र, विदुरको नीतिशास्त्र आज पनि जीवन उपयोगी सिद्ध भइरहेका छन् । वेदबाट अनुप्राणित उपनिषद्ले ज्ञानको मार्गलाई विशाल तुल्याएका छन् । साहित्यको आदि स्रोत पनि वेद नै हो । वेदपछि रामायण, महाभारत, पुराणहरू विकास क्रमका हिसाबले देखा पर्दछन् । महाभारत विश्वको सबैभन्दा ठूलो महाकाव्यात्मक कृति हो । जहाँ हरेक विषयवस्तुको वर्णन पाउन सकिन्छ ।
व्यवस्था सञ्चालनार्थ धर्मशास्त्रको प्रवर्तन भएको छ । कार्यको आदेश गर्ने मनुस्मृति, याज्ञवल्क्यस्मृति, पाराशरस्मृतिलगायत धर्मशास्त्रका ग्रन्थ र विषय हुन् । तन्त्र विद्या पनि संस्कृत वाङ्मयकै उपज हो । बौद्धदर्शको आदिस्रोत संस्कृत भाषामा नै विद्यमान छ । अर्थशास्त्रका दृष्टिले कौटिल्यको अर्थशास्त्र, प्रेममा रामायण, इतिहासका निम्ति इतिहास पुराणलगायतका हरेक विषयवस्तु संस्कृत वाङ्मयमा व्याप्त छन् । आजको कम्प्युटरलाई सुसाङ्ख्य भनिन्छ । जुन गणना पद्धति वैदिक हो । वेदमा नै अङ्कको व्यवस्था र ‘खं ब्रहृम’ भनी शून्यको पनि परिकल्पना गरिएको छ । आज जति पनि कम्प्युटरीय परिगणना हुन्छन् ती सबै यी दुई अङ्कमा आधारित छन् ।
यसैले प्रविधिको विकासमा पनि संस्कृत वाङ्मयको देन रहेको छ । मनले आदेश गर्दा उड्न सक्ने विमानको परिकल्पना, दिव्य दृष्टिबाट श्रव्यदृश्य दूरसञ्चारको परिकल्पना, श्रुतिपरम्पराबाट ज्ञान सरणीको अक्षुण्ण परम्परा संस्कृत वाङमयकै देन हुन् । भौतिक पक्ष अलग्गिनु, यसमा नवप्रवर्तन हुनु भिन्नै कुरा हुन् । मूलतः संस्कृतलाई हरेक विषयवस्तुको जननीका रूपमा बुझ्नु आवश्यक छ ।
सम्मेलनले संस्कृत वाङ्मयका यावत् पक्षलाई परिचत गराउन सक्नुपर्दछ । एउटै कार्यक्रमा सबै सम्भव नरहन पनि सक्छन् । अबको बाटो यसतर्फ पनि अघि बढ्न सक्नुपर्दछ । आमरूपमा अझै पनि संस्कृत एक भाषामात्र हो भन्ने बुझाइ छ । यसका साथै नेपाली परम्परामा त कर्मकाण्ड गर्ने, पुराण भन्नेलाई संस्कृत पढेको भन्ने बुझाइ छ । मूलतः संस्कृत वाङ्मय हो । जहाँ ज्ञान र विज्ञानका अनन्त स्रोत विद्यमान छन् ।
आकाशीय ग्रहहरूको अध्ययन अवलोकन गरी हाम्रा ऋषि महर्षिहरूले हजारौं वर्षपहिले दिएको ज्ञान नै आजको खगोल विज्ञान हो । अन्तरिक्ष, खोगोलीय एवं भूगोलीय परिगणना ज्योतिषका ग्रन्थमा व्याप्त पाइन्छ । दिशा, स्थान, कालको निर्धारणका साथै सूर्योदय, सूर्यास्त, औँसी, पूर्णिमा, ग्रहण, अयनपरिवर्तन, ऋतुपरिवर्तन आदि सम्पूर्ण तथ्यको ज्ञान ज्योतिष शास्त्रको अध्ययनद्वारा पाउन सकिन्छ । यसै गरी मौसम विज्ञानको चर्चा ज्योतिषको संहिता शास्त्रमा उल्लेख छ । ग्रहका आधारमा भूत वर्तमान र भविष्यको फल बताउने ज्योतिषको जातकशास्त्रले प्रदान गर्दछ । यसै गरी भूगोलको अवस्थिति अनुसार आकाशमा रहेका ग्रहहरूको कोणीय स्थिति पत्ता लगाउने, पञ्चाङ्ग निर्धारण, ग्रहण गणना आदि गणितका यावत् पक्षहरू सिद्धान्त ज्योतिषमा अन्तर्निहित छन् ।
गणितको जननी पनि वेद नै हो । वेदमा बताइएका सङ्ख्यात्मक मानको रूप नै आजको गणित विधा हो । व्यक्त अव्यक्त गणित नै आजका अङ्कगणित र बीज गणित हुन् । जसको व्याख्या ज्योतिषशास्त्रले गरेको छ । वास्तु संस्कृत वाङ्मयकै उपज हो । गृहवास्तु, भूमिवास्तु, शयनवास्तु आदि वास्तुका थुप्रै भेदहरू छन् । आजको इन्जिनिनयरिङ यही वास्तुको उपज हो । ज्योतिष शास्त्र अन्तर्गतको वास्तुशास्त्रले भूमिदेखि घरका हरेक स्थान र क्षेत्रको अवस्थितिका बारेमा सही दिशा निर्देश गर्दछ ।
योग संस्कृत वाङ्मयकै देन हो । यसलाई दर्शन र क्रिया दुबै रूपमा अवलम्बन गर्न सकिन्छ । पूर्वीय षड्दर्शन मध्येको एक योगमा शारीरिक स्वास्थ्यका साथै पारालौकि आनन्द पनि पाउन सकिन्छ । स्वस्थ रहेर पारलौकिक मोक्ष प्राप्तिका निम्ति पनि योगको आवश्यकता पर्दछ । योगले शारीरलाई स्वस्थ राख्नुको साथै चित्तवृत्तिको समेत निरोध गर्ने गर्दछ । अजाका थेरापी विद्या यही योगकै एक अङ्ग हो । आज प्राकृतिक चिकित्सा पद्धति पनि यही आयुर्वेदको अङ्ग हो ।
भाषाको जननी संस्कृत हो । संस्कृत प्राकृत पाली भाषा सर्वप्राचीन हुन् । लिपिज्ञानका बारेमा पनि वेदमा विशद् चर्चा पाइन्छ । भाषाको व्यस्थिति पनि संस्कृतको जति अरू भाषामा छैन । भाषालाई व्यवस्थित गर्ने कार्यममा संस्कृतका पाणिनिको अतुलनीय योगदा रहेको छ । हामी संस्कार र संस्कृतिमा धनी छौँ । जन्मदेखि मृत्युसम्म हामी षोडश संस्कारमा आबद्ध भएका छौँ । संस्कृति हाम्रो गहना हो । यसैले संस्कृत संस्कृतिको पनि मूल हो ।
सम्मेलनले संस्कृत वाङ्मयका यावत् पक्षलाई परिचत गराउन सक्नुपर्दछ । एउटै कार्यक्रमा सबै सम्भव नरहन पनि सक्छन् । अबको बाटो यसतर्फ पनि अघि बढ्न सक्नुपर्दछ । आमरूपमा अझै पनि संस्कृत एक भाषामात्र हो भन्ने बुझाइ छ । यसका साथै नेपाली परम्परामा त कर्मकाण्ड गर्ने, पुराण भन्नेलाई संस्कृत पढेको भन्ने बुझाइ छ । मूलतः संस्कृत वाङ्मय हो । जहाँ ज्ञान र विज्ञानका अनन्त स्रोत विद्यमान छन् । यसमा प्रविष्टिका निम्ति आवश्यक पर्ने माध्यममात्र भाषा हो । यसैले संस्कृतलाई भाषामात्र नभई समग्र वाङ्मयका रूपमा बुझ्नु आवश्यक छ ।







दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७