वासिङ्टन । फिफा क्लब विश्वकप २०२५ मा अब फाइनलमात्रै बाँकी छ । अमेरिकामा जारी प्रतियोगिताको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) र चेल्सी भिड्दैछन् । पिएसजी सम्भवतः उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी हो ।
अहिले पिएसजी आफ्नो पूरा क्लब इतिहासमै सबैभन्दा बढी सुन्दर लयमा छ । टोलीले फ्रान्सेली लिग र कप दुवै जित्यो र युरोपियन च्याम्पियन्स लिग पनि जित्यो । फाइनलमा पिएसजीले इन्टर मिलान जत्तिको टिमलाई ५-० ले हराएको थियो ।
यही टिमले क्लब विश्वकपको सेमिफाइनलमा रियल मड्रिडलाई ४-० ले हरायो । चेल्सीले यो सिजन चुमेको सबैभन्दा ठूलो उपलब्धि भनेको युरोपा कन्फ्रेन्स लिग जित्नु हो । अहिले यही चेल्सी अमेरिकामा फाइनल पुगेको छ । फाइनल पुग्ने क्रममा चेल्सीले ब्राजिलको फ्लुमिनेसलाई हराएको थियो । यससँगै प्रतियोगितामा दक्षिण अमेरिकी चुनौती सकिएको थियो । एजेन्सी







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा