भानुभक्त आचार्य नेपाली साहित्य गगनका एक उज्यालो ताराका रूपमा चिनिन्छन् । उनी नेपाली भाषा र साहित्यप्रति समर्पित, सिर्जनशील र ऐतिहासिक व्यक्तित्व हुन्, जसले नेपाली साहित्यमा क्रान्तिकारी योगदान पुर्याए । विशेषगरी आषाढ २९ गते मनाइने उनको जन्मजयन्ती हामी सबै नेपालीका लागि गौरवको अवसर हो ।
वि.सं. १८७१ मा तनहुँको रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्मरामायण’, ‘भक्तमाला’, ‘प्रश्नोत्तरी’, ‘वधुशिक्षा’ र ‘रामलिला’ जस्ता विशिष्ट रचनाहरू लेखे । उनका मौलिक तथा अनूदित कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । उनले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई नेपालीमा भावानुवाद गरेर आम जनमानससम्म पुर्याए । यस कार्यले उनलाई नेपाली भाषामा भाषिक एकीकरण गर्ने अग्रदूत बनाएको छ ।
भानुभक्तले आफ्नो जीवनमा देखेका सामान्य घटनालाई असाधारण भावका कवितामा ढाल्ने अद्भूत क्षमता राख्थे । एउटा उदाहरणस्वरूप, आफ्ना मित्र गजाधर सोतिको घरमा बास माग्दा गजाधरकी पत्नीले अस्वीकार गरेको प्रसंगलाई उनले ‘गजाधर सोतिकी घरबुढी अल्छिनीकी रहिछिन’ भन्ने सन्देशमूलक कवितामार्फत प्रस्तुत गरेका थिए ।
तनहुँको चुम्दी रम्घामा उनको जन्मस्थललाई आज पनि तीर्थस्थलझैँ श्रद्धाले हेर्ने गरिन्छ । भानुजयन्ती त्यहाँ कविगोष्ठी, नाचगान र श्रद्धाञ्जलि कार्यक्रमसहित भव्य रूपमा मनाइन्छ । तर, राजधानी काठमाडौंमा भने अपेक्षाकृत कम उत्साह देखिन्छ । यसको कारण राजधानीमा पश्चिमी संस्कारको मोह बढी हुनु पनि हुनसक्छ ।
उनको प्रतिभाको अर्को उदाहरण तब देखिन्छ जब छिमेकीसँगको जग्गा विवादका कारण जेल परेका भानुभक्तले प्रशासनसमक्ष कवितामार्फत विन्तिपत्र लेखे । उनका शब्दहरूले राणा प्रशासकलाई समेत प्रभावित पार्यो र उनी धनराशीसहित जेलमुक्त भए । यस्तो विलक्षण प्रतिभाको कदर उनको जीवनकालमै भने हुनसकेन । उनका कृतिहरू पछि मोतीराम भट्टराईले संकलन गरी प्रकाशित गरे ।
भानुभक्त नेपाली साहित्यको रामभक्ति धाराका मूल कवि थिए । उनले लेखेको रामायण आज पनि लोकभाषामा गाइन्छ, गुनगुनाइन्छ । उनका समकालीन कविहरू-छविलाल, राजीवलोचन, लालबहादुर, नरबहादुर रानाहरू पनि थिए, तर भानुभक्तको प्रभाव तीभन्दा असाधारण र दूरगामी रहृयो ।
तनहुँको चुम्दी रम्घामा उनको जन्मस्थललाई आज पनि तीर्थस्थलझैँ श्रद्धाले हेर्ने गरिन्छ । भानुजयन्ती त्यहाँ कविगोष्ठी, नाचगान र श्रद्धाञ्जलि कार्यक्रमसहित भव्य रूपमा मनाइन्छ । तर, राजधानी काठमाडौंमा भने अपेक्षाकृत कम उत्साह देखिन्छ । यसको कारण राजधानीमा पश्चिमी संस्कारको मोह बढी हुनु पनि हुनसक्छ ।
भानुभक्तको पालाको कुवा आज पनि अवस्थित छ । वर्तमान साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ले त्यस कुवाको पानी पिउँदा अनुभूत गरेको मिठास र भावुकता आफ्ना लेखमा यसरी वर्णन गर्छन्-‘भानुको पालाको कुवाबाट जलुकीको पातमा पिएको पानीको स्वाद अझै जिब्रोमा झुण्डिएको छ । चिसो, टल्किएको त्यो पानी अमृतसरह मोहक थियो ।’
यसबाट बुझ्न सकिन्छ-भानुभक्तप्रति हाम्रो श्रद्धा केवल औपचारिक कर्तव्य होइन, गहिरो आत्मीयता र साहित्यिक ऋण हो । यस्ता विभूतिको कदर राष्ट्रिय स्तरमा अझ व्यापक र भव्य रूपले गर्न सकिनुपर्छ । भानुभक्त जस्ता व्यक्तित्वको स्मरणले मन पवित्र हुन्छ, यो कुनै अतिशयोक्ति होइन ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र