रोम । विश्व नम्बर १ जानिक सिन्नरले विम्बल्डन पुरुष एकल उपाधि जित्नुभएको छ । सिन्नरले पहिलोपटक यो उपाधि जित्नुभएको हो । उहाँ विम्बल्डन च्याम्पियनसिपको पुरुष एकल उपाधि जित्ने पहिलो इटालियन खेलाडी बन्नुभएको छ ।
इटालीका सिन्नरले आइतबार राती लण्डनको अल इंग्ल्याण्ड क्लबको सेन्टर कोर्टमा ३ घण्टा ४ मिनेटसम्म चलेको खेलमा स्पेनका कार्लोस अल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ ले पराजित गर्नुभयो । यो जितसँगै सिन्नरले अल्काराजसँगको पाँच हप्ता पुरानो खाता पनि बराबरी गर्नुभएको छ । ८ जुन २०२५ मा अल्काराजले सिन्नरलाई हराएर फ्रेन्च ओपन उपाधि जित्नुभएको थियो ।
यो सिन्नरको चौथो ग्राण्ड स्लाम उपाधि हो । उहाँ अस्ट्रेलियन ओपनमा दुईपटक (२०२४, २०२५) र युएस ओपनमा एकपटक (२०२४) च्याम्पियन बनिसक्नुभएको छ । विम्बल्डनको पछिल्ला दुई उपाधि जितिसक्नुभएका अल्काराजले पाँच खेलपछि आफ्नो इटालियन प्रतिद्वन्द्वी सिन्नरसँग हार्नुभएको छ । अल्काराजले ३ घण्टा ४ मिनेटसम्म चलेको यस खेलको पहिलो सेट ६–४ ले जित्नुभयो र खेलमा १–० को अग्रता लिनुभयो । यहाँबाट इटालीका सिन्नरले लगातार तीन सेट ६–४, ६–४, ६–४ ले जित्दै खेल जित्नुभयो ।
शनिबार पोल्याण्डकी इगा स्वाएटेकले विम्बल्डन महिला एकलको उपाधि जित्नुभएको थियो । उहाँले फाइनलमा अमेरिकाकी अमान्डा एनिसिमोभालाई सोझो सेटमा पराजित गर्नुभएको थियो । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच