धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले पृथ्वीराजमार्ग क्षेत्रमा चेक जाँचलाई कडाई गरेको छ । पृथ्वीराजमार्ग क्षेत्रमा अपराधिकलगायत लागु औषधको कारोबार बढ्न थालेपछि धादिङ प्रहरीले चेक जाँचलाई कडाई गरेको हो ।
यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट करिब १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजासहित प्रहरीले एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँ रहेको धादिङ प्रहरीले जनाएको छ ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र