काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष सुझाव प्रस्तुत गरेको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य एवं नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल सदस्य-सचिव रहने गरी गठित कार्यदलले गभर्नर पौडेललाई असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकोमा सोमबार अन्तिम प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गरिएको छ भने बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास कसरी गर्न सकिन्छ भन्ने विस्तृत सुझाव दिइएको छ ।
साथै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक मर्जरपछिका समस्या पहिचान तथा समाधानका साथै नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकालगायतका विषय रहेका बताइएको छ । गभर्नरमा नियुक्तिसँगै डा. पौडेलले बैंकिङ क्षेत्रमा कसरी उदार नीति अपनाउन सकिन्छ भन्ने सुझाव दिन कार्यदल गठन गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच