काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब छ सय कर्मचारी योजनामा आबद्ध हुनेसम्बन्धी सम्झौतामा कोषतर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्ततर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गर्नुभएको हो ।
कोषको योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी सहभागी हुन सक्ने व्यवस्था रहेको छ । जसअन्तर्गत योगदानमा वा गैरयोगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार ‘घ’ वर्गको राष्ट्रियस्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको कोषले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र