एजेन्सी । भारतका प्रसिद्ध धावक फौजा सिंहको निधन भएको छ । उहाँको ११४ वर्षको उमेरमा निधन भएको हो । परिवारका अनुसार सिंह घरबाट निस्किएर जालन्धर-पठानकोट राष्ट्रिय राजमार्ग पार गर्ने क्रममा सवारीले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि अस्पताल पुर्याएको केही समयमै उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्नुभएको छ, ‘फौजा सिंह एक असाधारण व्यक्ति हुनुहुन्थ्यो जसले आफ्नो अद्वितीय व्यक्तित्व र फिटनेस जस्तो महत्वपूर्ण विषयमा भारतका युवाहरूलाई प्रेरित गर्नुभयोे ।’
सन् २००० मा सिंहले लण्डनमा म्याराथन दौडमा भाग लिनुभएको थियो । ८९ वर्षको उमेर पुग्न एक महिना बाँकी रहँदा उहाँले म्याराथन दौड ६ घण्टा ५४ मिनेटमा पूरा गरेर विश्वभर चर्चा बटुल्नुभएको थियो । ।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा