क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको बे एरियामा अवस्थित मुक्तिनाथ धाममा २१२औं भानु जयन्ती मनाइएको छ । असोसिएसन अफ नेप्लिज इन अमेरिका (अनेसास) उत्तरी क्यालिफोर्निया च्याप्टरको आयोजनामा भानु जयन्ती मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा लोककवि सुरेशकुमार भट्ट र विशेष अतिथिमा प्रा.धर्मराज कोइराला हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता अनेसास उत्तरी क्यालिफोर्नियाका अध्यक्ष बाबु आचार्यले गर्नुभयो । सञ्चालन उपाध्यक्ष दीपक पाठक, महासचिव नारायण भट्टराई, सचिव भरत डाँगी र कोषाध्यक्ष कुमारी कट्टेलले पालैपालो गर्नु भएको थियो ।
कार्यक्रमको सुरुवात स्वस्ती वाचनबाट गरिएको थियो । त्यसपछि प्रतियोगी तथा अप्रतियोगी गरी दुई चरणमा कविहरूबाट कविता वाचन गरिएको थियो । लोककवि सुरेशकुमार भट्टले भानुभक्तको सम्झनामा बिर्के टोपी (एक दर्जन), रामायणको पुस्तक (एक प्रति), एक जोर दौरा सुरुवाल, पटुका, पट्टा (दोसल्ला), झण्डा तथा अनेसास अध्यक्षलाई प्रतिवर्ष भानु जयन्तीको अवसरमा प्रयोग गर्न मिल्ने सौगात स्वरूप हस्तान्तरण गर्नुभएको थियो ।
यसै अवसरमा प्रा.धर्मराज कोइरालाले आफ्ना दिवंगत बा-आमाको नाममा ४२०१ अमेरिकी डलर र रियल्टर अनिल अर्यालले आफ्ना पिताको नाममा ४३०१ डलर तथा रियल्टर दिनेश रावलले ४५१ डलरको पुरस्कार कोश स्थापनाका लागि योगदान गर्नुभएको छ । उक्त कोशबाट प्रत्येक वर्ष विजयी कविलाई पुरस्कार प्रदान गरिनेछ । कोशका संस्थापकलाई कार्यक्रमबाट बधाई तथा धन्यवाद दिइएको थियो ।
यसका साथै, छजनालाई जनही ४२० डलरको सात्वना पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई आयोजकद्वारा हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।







देशभर मनसुन सक्रिय, केही प्रदेशमा
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ
बाँकेमा साइबर अपराध : मुद्दा
यस्तो छ आजका लागि विदेशी
भोजपुरको डाँडागाउँमा ‘एक घर, एक