विधि अनविधि के हो ?
कुवेलामा कुनियत राखेर कुपरिणामको अपेक्षासहित गरिने धुमधामको क्रियाकलापलाई संस्कृत वाङ्मयमा अकाण्ड ताण्डव भनिन्छ । नेपालका प्रत्येक दिन राजाका पालामा, राणा र राजाका पालामा कांग्रेसका पालामा अनि कांग्रेस र कम्युनिष्टका पालामा देशैभरि प्रायः अकाण्ड ताण्डव हुने गरेका कुरा समाजमा आउँथे । यो पटक पनि एउटा यस्तै अकाण्ड ताण्डव पर्व सबै नेपालीका अघिल्तिर आयो । कुनै पनि कार्यको कारण हुन्छ । कारणको उत्पादनलाई या परिणामलाई कार्य भनिन्छ । सबैभन्दा धेरै सत्तामा बस्ने, सत्तामा बसेर देश र जनताको भन्दा आफ्नो र आफन्तको आर्थिक विपन्नावस्थाबाट रातारात अकुत धनमालिक बनाउने उद्देश्य लिएर नेपालमा धेरै राजनीतिकर्मी उदाउने र अस्ताउने क्रम लामै समयदेखि चलेको हामी सबैलाई थाहा भएकै कुरो हो ।
झुप्राबाट दरबारमा बस्ने बनेर नेपालमा धेरै मान्छे उदाएका पनि थिए तर पनि लामो समय भ्रष्टाचार, व्यभिचार अकर्मण्य दम्भप्रदर्शन र सत्ताशक्तिको बकुल्ले भक्ति चरित्रमा विकसित गर्दै आएका या भिरालो भूमिमा लडेको गोलो ढुंगाको जस्तो चलायमान चरित्र, बोली र चिन्तनमा पनि अस्थिर चरित्रको विकास गर्दै आएका अमिल्दा अनुहार, चिन्तन मुख भए पनि पेट एउटै भएको हुनाले अहिलेको नेपालका तीन टाउका एक पेट भएको अचम्मका जीवको शासन चलेको देखिँदोरहेछ । कहिले यो क्रियाकलापमा द्वन्द्व चलेर मान्छे साटिने कुर्सी र नीतिमा पनि स्वार्थपरक किसिमले परिवर्तन ल्याउने गरिन्छ जो सार्वजानिक प्रशासन र अनुशासनका दृष्टिले गलत मानिन्छ ।
अहिलेको नेपालमा शिक्षामा, व्यापारमा, स्वास्थ्यमा र समग्र राष्ट्र सञ्चालनमा नै तँ बाहुन म बाहुन घरका पैसा अन्त नजाऊन् चरितार्थ गरिएको छ चाहे गठबन्धनको नाममा होस् चाहे संविधान संशोधनका नाममा होस् उद्देश्य भने सत्ता, शक्ति, आफू र आफन्त नै रहेको देखिन्छ ।
अहिलेको नेपालमा शिक्षामा, व्यापारमा, स्वास्थ्यमा र समग्र राष्ट्र सञ्चालनमा नै तँ बाहुन म बाहुन घरका पैसा अन्त नजाऊन् चरितार्थ गरिएको छ चाहे गठबन्धनको नाममा होस् चाहे संविधान संशोधनका नाममा होस् उद्देश्य भने सत्ता, शक्ति, आफू र आफन्त नै रहेको देखिन्छ । पहिलेकाले राज्यसञ्चालन गर्न नजान्नाले कहिलेकाहिँ असजिलो हुन्थ्यो । अहिले त्यस्तो छैन । देशवासी आफैं बिकेर दिनदहाडै शरणार्थी बन्न तयार भएका छन् ।
मन्त्री प्रधानमन्त्री गफ एक थरी काम अर्को थरी गर्न कसैले लाज मानेको देखिन छाडेको छ । नयाँ संस्कारको विकास हुनै लागेको छ । विधानविपरीत काम पनि विधान बमोजिम भएको मानिन्छ यदि तपाईं दम्भ प्रदर्शन गर्न लाज मान्नुहुन्न या बोली चरित्र बदल्न वा सत्ताभक्तिमा तरतरी ¥याल काडेर बस्न सक्नुहुन्छ भने असुहाउँदिला सबै काम वैधानिक हुन्छन् अर्थात् ‘सम्मिलने नयनयोर्नहिकिञ्चदस्ति’ । आँखा चिम्लेपछि राम्रो नराम्राको भेदै हराउँछ ।
काना गोरुलाई औंसी न पुर्ने
मानव समाजमा सबै कुराको एक न एक प्रकारको विधिनियम या शैली तौरतरिका हुन्छन् । छोरीको बिहा गर्नुपर्ने, सुहाउँदो कुटुम्ब खोज्नुप¥यो भन्नु सभ्यता हो भने मेरी छोरीलाई एउटा तन्नेरी पोइ खोज्नुप¥यो भन्नु असभ्यता हो । व्यक्ति, समूह, संघ, संगठन सबैका लागि केही पालनीय कुरा हुन्छन् । बगरेले घरमा पूजाव्रत गर्छ गर्न पाउँछ । प्रत्येक व्यक्तिको कुनै न कुनै आचरण, धर्म, संस्कार हुन्छ नै तर मासु पसलमा अहिंसाको या मांस भक्षणविरुद्धको भाषण ग्राहकलाई सुनाउन थाल्यो भने मान्छेले के भन्लान् ? ज्ञान, बुद्धि, विवेक नभएका मान्छेले गर्ने क्रियाकलाप यस्तै प्रकारका हुन्छन् । दोहोरी गीत गायिका जेरी पुराणवाचिका बन्न नसक्ने होइनन् तर उनले त्यो क्षमता विकास गर्नुपर्यो ।
हिजोकै छमकछल्लो चरित्रले व्यासासनमा बस्नु भने सुहाउँदिलो मान्ला र समाजले ? उनले जुन ग्रन्थको कथा सुनाउँछिन् त्यसको मूल पाठ गर्ने या उच्चारण गर्ने क्षमता छ ? यदि छैन भने व्यासासनमा बस्नु पनि हुँदैन भन्नु ठीक कुरो भए जस्तै विधानमा छ महिनाभित्र अनुशासनको कारबाही टुंग्याउनुपर्छ भनेका ठाउँमा मुनाफाखोर व्यापारी, बिचौलियालाई जनताका प्रतिनिधिले ऐन कानुन बनाउने ठाउँमा पु¥याएका विकलांक चिन्तनको कुरो निष्ठाको राजनीति चाहने एकजना नेताले केन्द्रीय कार्यसमितिको बैठकमा कुरो उठाउँदा त्यो वाणी स्थिर भइसक्न नपाउँदै अनुशासनका नाममा तीन जना बिकुवाले जुन तरबार चलाए त्यो अत्यन्त विचलित, कायर, बदलाका भावनाले प्रपूरित देखिएको अनुभव सबैले गरेका छन् ।
यस्तै चिन्तन मनमा लिएर एक दिन म सुतेको थिएँ । राति एकाएक एक जना हातमा हत्कडी र गोडामा लौहनेल भिराइएका मान्छेले मलाई भने : ‘कोइरालाजी ! के गर्नुहुन्छ यीः मेरो अवस्था देख्नुभएन ? देशमा प्रजातन्त्र ल्याउनका लागि यसरी मरेको म । आज मेरा सन्तानले मलाई नर्कमा फाले कि फालेनन् ? अकाण्ड ताण्डव मच्चाएर ?’ म अवाक भएँ । उनलाई मैले चिन्न सकिन अनि मैले भने तपाईंलाई मैले चिनिन देश र जनताको स्वतन्त्रताका लागि ठूलो कुर्वानी गर्नुभएको रहेछ भनेपछि उनले भने चिनेर के गर्नुहुन्छ ? हीनकर्मी सन्तान भएपछि । मेरो नाम ठाकुरप्रसाद ढुंगाना हो भनेका मात्रै थिए कि म झल्याँस्स ब्युँझिएँ । बिहानै उठेर सोधखोज गर्दा एकजना ढुंगाना थरकै मान्छे कांग्रेसको अनुशासन समितिको संयोजक रहेछन् ।
ईश्वरी न्यौपाने र ध्रुव वाग्लेलाई म चिन्दिन कस्तो चरित्रका हुन् ? ढुंगाना धनुषा जिल्लाको सभापति हुँदा म उहाँको नजिक थिएँ । आज पनि उहाँलाई म आदर गर्छु । उहाँ असल चरित्र शील स्वभाव र आदर्शवान् व्यक्ति हुनुहुन्थ्यो । अहिले कुन चापमा परेर छातीमा मुड्कीले हानेर यो अकाण्ड ताण्डव मच्चाउन पुग्नुभयो ? यो उहाँ जस्तो ज्येष्ठ नेतालाई सुहाउने कुरो थिएन भन्ने चाहिँ मलाई पनि लाग्यो । आनन्दप्रसाद ढुंगाना अरू जस्तो कानो गोरु हुनुहुन्नथ्यो विधानको म्याद सकिएपछि व्यापारी, बिचौलिया, मुनाफाखोरका दबाबमा सभपति र सभापतिकै पारिवारिक तहबाट थेगिन सक्ने दबा आएको थियो भने पनि त सुहाउँदिलो काम भएन । यो काम डा.शेखर कोइरालाको बढ्दो लोकप्रियता र नैतिक निष्ठाका तापले आहत भएकाहरूले रातारात बद्नियत राखेर नै गरेको देखिन्छ । अतः आनन्दप्रसाद ढुंगानाले पुनर्विचार गर्नु वाञ्छनीय छ ।
कृतापराधो स्वयमेव शंकते
जस्तो आफू उस्तै च्यापु । चोर कत हु इजोत सहये ? चोरचोर मसियौत भाइ । भ्रष्टाचारी र मुनाफाखोरीको चरित्र यस्तै हुन्छ । वृक्ष अनुसारकै हाँगाबिँगा हुन्छन् । नेताअनुसारकै कार्यकर्ता हुन्छन् । जागिरमा गएको महिना दिन नबित्दै नयाँ जुत्ता लाएको देखेपछि सहोदर भाइलाई ४५ दिन काठमाडौंमा आउन प्रतिबन्ध लाउने विश्वेश्वरप्रसाद कोइरालाको पार्टी हो नेपाली कांग्रेस । आफूलाई एउटामात्रै कोट राखेर उपहारमा आएका पाँचवटा कोट सुरक्षा दललाई बाँड्ने प्रधानमन्त्री थिए विश्वेश्वरप्रसाद कोइराला । आज वाइड बडी काण्ड, ओम्नी, गिरिबन्धु टी-स्टेट काण्ड, ललिता निवास काण्ड, पतञ्जलि जग्गा काण्ड, बुढी गण्डकी काण्ड, मेलम्ची काण्ड, कम्बोडियामा २४ अर्ब काण्ड आदिका साथै कमाइ न धमाइ खा रमाइरमाई भने जस्तो गरी २५ अर्बको हिल्टन होटेलका आपराधिक कर्मका आभूषणले देशका प्रधानमन्त्रीका नाम सिँगारिएका छन् ।
शक्तिमा पुगेपछि एकोद्रहं द्वितीयो नास्ति भन्ने चिन्तन आजको कांग्रेसमा पनि विकसित भएको छ । आफैंमा विचार, चरित्र, आचरण, चिन्तन र त्याग नभएका झुण्डमा कोही बाहुबली, धनबली, कोही गुण्डागर्दी चरित्रका मान्छेले दल र सरकार दुवै भरिएर विचार र दर्शनको नीति र निष्ठाको मृत्यु गराइएका कारणले नीति, नियम, निष्ठाको खोजी गर्नेलाई देखेपछि प्रहरीलाई देख्दा चोर डराएर लुके झैँ कांग्रेसमा अहिले अकाण्ड ताण्डवको कोकोहालो मच्चिएको छ । किनभने कुनै पनि काममा हीन देखाउन नसकिने बीपीका माइला भाइका पुत्र (भतिज) डा.शेखरको उदय हुँडारका बथानका बीचमा सिंह आएजस्तो लागेको पनि देखियो ।
वृक्ष अनुसारकै हाँगाबिँगा हुन्छन् । नेताअनुसारकै कार्यकर्ता हुन्छन् । जागिरमा गएको महिना दिन नबित्दै नयाँ जुत्ता लाएको देखेपछि सहोदर भाइलाई ४५ दिन काठमाडौंमा आउन प्रतिबन्ध लाउने विश्वेश्वरप्रसाद कोइरालाको पार्टी हो नेपाली कांग्रेस । आफूलाई एउटामात्रै कोट राखेर उपहारमा आएका पाँचवटा कोट सुरक्षा दललाई बाँड्ने प्रधानमन्त्री थिए विश्वेश्वरप्रसाद कोइराला ।
नीतिगत छलफल हुने ठाउँमा उनले राखेका कुरा नाफाखोर व्यापरीको बचाउका लागि विधानविपरीत अनुशासनको डन्डा चलाएर अपराध लुकाउन खोजिएको देखिन्छ । करोडौंमा टिकट बिक्री गरेपछि देखापर्ने विसंगति यस्तै हुन्छ । राजाका टाउकामा बम प्रहार गर्ने कांग्रेस अझ निडर भएर अग्रसर हुनेछन् । झनै वैचारिक बहस गरेर संगठित हुने छन् । अब जिल्ला जिल्लामा कांग्रेस शुद्धीकरणको अभियान सुरु हुनेछ । अहिले डा.शेखर न अरू देशका बौद्धिक समुदायलाई बेवास्ता गरेर अघि बढ्न खोज्दैछन् न आफ्नै देशका बौद्धिक समुदायलाई बेवास्ता गरेर । पार्टीले बौद्धिक क्रियाकलाप गराउने हिम्मत गरेन यतिका वर्षदेखि ।
नयन महरले दुईपटक प्राध्यापकलगायत बौद्धिक समुदायसँग शिक्षा नीतिका सम्बन्धमा छलफल चलाएको देखियो । बाँकीले यो हिम्मत पनि गर्नसकेका छैनन् । पैतालादेखि टुप्पीसम्म भ्रष्टाचारका धुलाले धुसरित मन्त्री सांसद पूर्व या वर्तमान प्रधानमन्त्रीले बोलेका कुराभन्दा सामान्य ठट्यौलाले गरेका ठट्टा मानिसहरू रुचिपूर्वक सुन्छन् । तीस वर्षमा तीन सन्तान जन्माऊ भन्नेका कतिवटा सन्तान छन् ? भनेर कसैले सोधे ? देशका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी दिन नसक्ने प्रधानमन्त्रीले सन्तान जन्माउने कुराको निर्देश दिन मिल्ने कि नमिल्ने ? आफैं विष्टाका खाल्डामा डुबेकाले हात धोएर मलाई समात भन्न मिल्छ ? व्यापारी, सांसद र मन्त्री, प्रधानमन्त्री बन्ने होइन ।
व्यापारी मुनाफाखोर वर्ग नै हो । यसको चरित्र नै बिचौलिया खालको हुन्छ । असल व्यापारी ‘हजुरबाट खाएको नाफा गाईका मुखमा धरोधर्म’ भनेर किरिया खान्छन् । जनकपुरका प्रतिष्ठित एकजाना राधा मारवाडी यसै भनेर हँसाउँथे हामीलाई । धनको भाषा बुझ्ने र धनकै खेती गर्ने सभापति भएका बेला ठेकेदार, व्यापारी, बिचौलिया सरकार तथा दल दुवैतिर प्रवेश गरेर विचार, विवेक नीतिनियम र निष्ठाका वनमा ढडेलो लाउने यत्न भएको छ । चाहे एमाले होस् कि नेपाली कांग्रेस । यी दुवै पुरानो सुनौलो इतिहास भएका तर भविष्य बारे कीराले सिध्याउ नलागेका दल हुन् ।
डा.भीम रावल, घनश्याम भुसाल कै अवस्थामा डा.शेखरलाई पु¥याउने मनसायका साथ अहिले जे जति क्रियाकलाप गरिएका छन् तिनको लेखो भ्रतृसंगठनदेखि शुभेच्छुक संस्था लगायत मूल दलमा भएका अनीतिका कुरा जनताले सम्झन्छन् नै । अनुशासन समिति प्रमुख र पार्टी सभापति दुवै अब पारे जीवनमा जान लाग्दा यस प्रकारको दुःसाहस गरेर बिदालिन लागेको देखिन्छ । जुन भोजमा निम्ता छैन त्यस भोजको दालका खड्कँुलामा डुबेर पाडै मरोस् भने जस्तै हो । ओली र विद्याका जोडीले ऊ बेला संसद् दुई–दुईपटक विघटन गर्दा मुद्दा, मामिला, प्रतिगमन आदिका झमेला किन निकालेको मध्यरातमा मिल्नुभन्दा त्यही बेला यी दुई मिलीदिएका भए गमनागमन त हुनेरहेछ भनेर नेपालका वरिष्ठ कानुन व्यवसायीले गरेको टिप्पणी मेरा कानमा गुञ्जिरहेको छ ।





पहिलो पटक श्लोक बिना को आलेख
सुंदर प्रस्तुति