लण्डन । इंग्ल्याण्डका अनुभवी ब्याट्सम्यान जो रुट फेरि एकपटक नम्बर १ टेस्ट ब्याट्सम्यान बन्नुभएको छ । आइसिसीले जारी गरेको पछिल्लो वरीयतामा रुटले एक हप्ताभित्रै शीर्ष स्थान हासिल गर्नुभएको हो । लड्र्समा भारतविरुद्ध खेलिएको तेस्रो टेस्ट म्याचमा उत्कृष्ट प्रदर्शनबाट रुटलाई फाइदा भएको हो ।
लड्र्स टेस्ट म्याचमा रुटले १०४ र ४० रन बनाउनुभएको थियो, जसका कारण इंग्ल्याण्ड यो म्याच २२ रनले जित्न सफल भएको थियो । ३४ वर्षको उमेरमा रुट २०१४ मा कुमार संगाकारापछि टेस्ट वरीयतामा शीर्ष स्थानमा पुग्ने सबैभन्दा पाको उमेरका खेलाडी बन्नुभएको छ । संगाकारा २०१४ मा शीर्ष टेस्ट ब्याट्सम्यान बन्दा ३७ वर्षका हुनुहुन्थ्यो ।
रुटले गत हप्ता आफ्नै देशका हृयारी ब्रुकसँग आफ्नो शीर्ष स्थान गुमाउनुभएको थियो । जो अहिले तेस्रो स्थानमा झर्नुभएको छ । अर्कोतर्फ, भारतीय अलराउन्डर रवीन्द्र जडेजा पनि ब्याट्सम्यानको पछिल्लो वरीयतामा ३४औँ स्थानमा पुग्नुभएको छ ।
भारतीय ब्याट्सम्यान यशस्वी जयसवाल र उपकप्तान ऋषभ पन्त क्रमशः पाँचौं र आठौं स्थानमा झर्नुभएको छ । साथै, कप्तान शुभमन गिल पनि तीन स्थान गुमाएर नवौं स्थानमा पुग्नुभएको छ । यद्यपि, लड्र्स टेस्टमा राम्रो ब्याटिङबाट जडेजाले फाइदा उठाउनुभएको छ र ३४औँ स्थानमा पुग्नुभएको छ । तेस्रो टेस्टमा जडेजाले ७२ र अविजित ६१ रन बनाउनुभएको थियो । १०० र ३९ रन बनाउनुभएका केएल राहुल पनि पाँच स्थान सुधार गर्दै ३५औँ स्थानमा पुग्नुभएको छ । ब्याट र बल दुवैमा राम्रो प्रदर्शन गर्ने इंग्ल्याण्डका कप्तान बेन स्टोक्स ब्याट्सम्यानको वरीयतामा दुई स्थान माथि उक्लेर ४२औँ स्थानमा र बलरहरूमा एक स्थान माथि उक्लिनुभएको छ ।
बलरको वरीयतामा अस्ट्रेलियाली खेलाडीको बर्चस्व
भारतका स्टार फास्ट बलर जसप्रित बुमराह बलरहरूमा शीर्ष स्थानमा हुनुहुन्छ र दक्षिण अफ्रिकाका कागिसो रबाडाभन्दा ५० अंकले अगाडि रहनुभएको छ । अस्ट्रेलियाका फास्ट बलर स्कट बोलान्ड छ स्थान माथि उक्लिएर करियरकै उत्कृष्ट छैटौं स्थानमा पुग्नुभएको छ । बोलान्ड चार अन्य अस्ट्रेलियाली बलरहरू प्याट कमिन्स, जोश हेजलवुड, नाथन लियोन र मिचेल स्टार्कसँगै शीर्ष १० मा प्रवेश गर्नुभएको छ । बलरहरूको वरीयतामा अस्ट्रेलियाली खेलाडीहरूको बर्चस्व छ । एजेन्सी ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर