काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवसरको सदुपयोग गरेर भविष्य बनाउन विद्यार्थीसँग आग्रह गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा गुह्वेश्वरी बालशिक्षा माध्यामिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जस्तोसुकै पारिवारिक पृष्ठभूमिबाट आएपनि विद्यार्थीले आफ्नो भविष्य आफैँ बनाउने बताउनु भयो । भविष्य राम्रो बनाउन अहिले मेहनत गरेर काम अध्ययन गर्नुपर्ने बताउनु भयो । शिक्षाले नै मानिसलाई समाजमा चिनाउन महत्वपूर्ण योगदान दिने बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘तपाईंहरु जस्तोसुकै पारिवारिक पृष्ठभूमिबाट आएपनि तपाईंहरुको भविष्य तपाईंहरुकै हातमा छ । भविष्यलाई राम्रो गर्न अहिले आएको अवसरको सदुपयोग गर्नुपर्छ । कोही व्यक्ति बिना मेहनत कहीँ पुग्दै पुग्दैन । तपाईंहरुले पाएको अवसरको गाह्रो भएपनि मेहनत गर्न छोड्नु हुँदैन । मेहनत गर्नुस्, परिश्रम गर्नुस्, बुझेर पढ्ने बानी बसाल्नुस् । इक्षा गर्नुपर्छ तर त्यसका लागि मेहनत गर्नुपर्छ । शिक्षाले नै मानिसलाई समाजमा चिनाउन महत्वपूर्ण योगदान दिन्छ ।’
आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने काममा अभिभावकहरुको भुमिका पनि महत्वपूर्ण हुने बताउनु भयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र