सिन्धुली । जिल्लाको खुर्कोट बजारस्थित चेकपोष्टमा प्रहरीले बिल–बिजक बिना ल्याइएको लत्ताकपडा र सवारीसाधन नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी टोलीले शुक्रबार चेकजाँचको क्रममा बा प्र०१–०३१ च ८३५९ नम्बरको कारबाट ठूलो परिमाणमा बिलबिनाका कपडा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० लालध्वज सुवेदीका अनुसार झण्डै ३५ लाख मूल्यको कार र त्यसमा रहेको कुर्ता–सुरुवाल, टिर्सट, वानपिस तथा वानपिसको सुरुवालसमेत गरी कुल अनुमानित ४० लाख १४ हजार ९ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो।
“बिल तथा भन्सारसम्बन्धी कुनै आधिकारिक कागजात नदेखाइएकोले ती सामान र सवारीसाधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय जलेश्वर, महोत्तरी पठाइएको छ,” एसपी सुवेदीले भन्नुभयो।
प्रहरीले करछली र अवैध कारोबार नियन्त्रण गर्न चेकजाँच अभियानलाई थप कडाईका साथ अघि बढाइएको जनाएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच