काठमाडौं । नेपाली संगीतको लोकप्रिय रियालिटी कार्यक्रम ‘नेपाल आइडल’मार्फत लाखौं दर्शकको मन जित्न सफल गायक रवि ओड अब युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकको भूमिकामा देखिने हुनुभएको छ । उहाँ ट्याग इन्टरनेसनल एकेडेमी परामर्श संस्थाको ब्राण्ड प्रतिनिधि बन्नुभएको हो ।
सुदूरपश्चिमको गाउँबाट सुरु भएको रविको यात्रा, काठमाडौं हुँदै अमेरिका, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशसम्म फैलिएको छ । उहाँ केवल गायकमात्र होइनन्, संघर्षशील जीवनशैलीका प्रेरणादायी पात्रसमेत हुनुहुन्छ । सांगीतिक यात्राबाट हासिल अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई उहाँले अब शिक्षा तथा परामर्श क्षेत्रमा प्रयोग गर्न थाल्नुभएको छ ।
संस्थाका तर्फबाट व्यवस्थापक रोजन रिसालले भन्नुभयो, ‘रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि गौरवको विषय हो । उहाँको अन्तर्राष्ट्रिय अनुभव, संगीत क्षेत्रमा प्राप्त सफलता र युवासँगको आत्मीय सम्बन्धले संस्थालाई अझ नजिक र भरपर्दो बनाउनेछ ।’
रवि ओडले यो सहकार्यलाई आफ्नो ‘जीवनको अर्को महत्वपूर्ण अध्याय’का रूपमा लिएको बताउनुभयो । ‘मैले देखेको संसार, भोगेका अनुभव र संगीतबाट पाएको ऊर्जा अब विदेश पढ्न चाहने विद्यार्थीहरूलाई प्रेरणा दिने माध्यम बन्नेछ । ट्यागसँग म केवल प्रतिनिधि होइन, तपाईंहरूको साथी बन्न आएको छु-जहाँ शिक्षा छ, त्यहाँ म पनि छु’, उहाँले भन्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच