काठमाडौं । नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले डा शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ ।
पार्टीका सांसद एवं कोईराला पक्षधर नेताहरुसँगको भेटपछि आईतवार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताउनु भयो ।
बैठकमा नेता कोईरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गर्नुभएको बताउनु भयो ।
सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसा लगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताउनुभएको डा। कोईरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । डा। शेखर कोईरालाले आफू किन यसरी दौडिरहेको छु भन्नेबारेमा ब्रिफिङ गर्नुभयो । पार्टी फुटाउने चाहना, हर्कत गरिरहनुभएको होइन । किन यसरी मुभ गरिरहनुभएको छ भन्ने प्रश्न भयो । अनुकुलअनुसार भेटेर आफ्नो कुरा राख्नुभएको हो । सुशासनको कुरा भएको छ । संसदमा उठेको भिजिट भिसा लगायतका कुराहरुमा राष्ट्रिय मुद्दामा मेरो फरक मत छ, अन्य दलका नेताहरुसँग कुरा राखेको हो भन्ने कुरा राख्नुभएको छ ।’
राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरुसँग कुरा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच