काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित हुनुभएको छ । निर्माण टिमले उहाँलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । यस चलचित्रमा सिमरन अभिनेता पल शाहको जोडी रहनेछ । सिमरनले यसअघि चलचित्र ‘होस्टेल ३’ मा अभिनय गर्नुभएको थियो, जसमा उहाँको अभिनयको प्रशंसा गरिएको थियो । ‘आ बाट आमा’ उहाँको दोस्रो चलचित्र हो ।
यसअघि नै चलचित्रमा अभिनेत्री विपना थापा र तेलुगु, हिन्दी तथा तमिल चलचित्रका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसक्नुभएको छ । अभिनेता रावत यसअघि पनि निर्देशक पन्तकै चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनय गरिसक्नुभएको छ, जहाँ उहाँले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिका निभाउनुभएको थियो । नयाँ चलचित्रमा उहाँले पल शाहका बुबाको भूमिका निभाउने निर्माणपछले जनाएको छ ।
निर्देशक पन्तले यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसक्नुभएको छ । ‘ह्रस्वदीर्घ’मार्फत अभिनेत्री विपना थापा १६ वर्षपछि नेपाली रजतपटमा फर्किनु भएको थियो । अब उहाँ पुनः पन्तकै निर्देशनमा अभिनय गर्न लाग्नुभएको हो ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुने यो चलचित्र आउँदो भदौदेखि छायांकनमा जाने तयारीमा छ । निर्माता पक्षले प्रदीप रावत, विपना थापा, पल शाहलगायत अन्य कलाकार तथा प्राविधिक टिम पनि चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
चलचित्रे थिम पोष्टर एक महिनाअघि नै सार्वजनिक भइसकेको छ भने निर्देशकका अनुसार यो चलचित्र आगामी फागुन १५ गतेदेखि प्रदर्शनमा आउने तय भइसकेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच