काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरि गजुर्यालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले अन्नपूर्ण न्युरो अस्पतालका सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन् ।
अन्नपूर्ण न्युरो अस्पतालले उपलब्ध गराउने सेवाहरू हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कमा ग्लोबल आइएमई बैंकका ग्राहकले छुट पाउनेछन् ।
नशा रोगसम्बन्धी सेवाका लागि लोकप्रिय रहेको अन्नपूर्ण न्युरो अस्पतालले अन्य विशेषज्ञ सेवासमेत उपलब्ध गराउँदै आएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच