हरारे । त्रिकोणीय शृंखलाको पाँचौं टी-२० खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । यससँगै न्युजिल्याण्डले फाइनलमा आफ्नो स्थान लगभग पक्का गरिसकेको छ । हरारेमा खेलिएको खेलमा किवी बलरहरूले दक्षिण अफ्रिकी टोलीलाई ठूलो स्कोर बनाउन दिएनन् र २० ओभरमा आठ विकेट गुमाएर १३४ रनमा रोके । न्युजिल्याण्डले यो लक्ष्य १५.५ ओभरमा तीन विकेट गुमाउँदै हासिल गरेको हो ।
यो शृंखलामा दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्याण्डको दोस्रो जित हो । यस शृंखलामा तेस्रो टोली जिम्बाब्वे हो, जसले अहिलेसम्म एक खेल पनि जितेको छैन, जबकि दक्षिण अफ्रिकाले दुई खेल जितेको छ । यस्तो अवस्थामा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच फाइनल हुने पूर्ण सम्भावना छ ।
सजिलो लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले डेभन कोनवे र टिम सेफर्टबाट बलियो सुरुवात गर्यो । दुवैले ५१ रनको साझेदारी गर्नुभयो । बायाँ हाते ब्याट्सम्यान कोनवेले १८ बलमा १९ रन बनाउनुभयो । यसअघि यस खेलमा न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्नुभएको थियो । बलरहरूले कप्तानको निर्णयलाई सही साबित गरे । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच