काठमाडौं । नेपालमा रेस्पोन्सिबल ड्रिकिङ-सफर मोबिलिटी संस्कृतिको प्रवद्र्धन गर्न गोरखा ब्रुअरी प्रालिले नेपालको राइड–हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ । कम्पनीका अनुसार उक्त पहल गोरखा ब्रुअरीको वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन(इएसजी)सम्बन्धी प्रतिबद्धताको हिस्सा हो, जसले दिगोपन अभियान ‘टुगेदर टुवार्ड्स एण्ड वियोण्ड’ अन्तर्गत जेरो इरेस्पोसिभल ड्रिकिङ लक्ष्यलाई समर्थन गर्छ ।
अभियानमार्फत् सामाजिक जमघट- विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपानपछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवा उपयोग गर्न प्रेरित गरिनेछ । जसले ‘ड्रिंक एण्ड ड्राइभ’ विरुद्ध सचेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर रोजन अमात्यले भन्नुभयो, ‘यो अभियान केवल सन्देश होेइन, चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास हो ।
सामाजिक उत्तरदायित्वप्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानीय सहकार्यबाट सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हो ।’ उहाँका अनुसार अभियानको प्रारम्भिक चरण काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ । पठाओको डेटा–आधारित सञ्चार संयन्त्रमार्फत् सामाजिक तथा मनोरञ्जन क्षेत्रहरूमा लक्षित सन्देश प्रवाह गरिनेछ, जसले प्रभावकारी रूपमा जिम्मेवार मद्यपानबारे सचेतना फैलाउने अपेक्षा गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच