काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको निर्यात क्षेत्रले ऐतिहासिक सफलता हासिल गरेको बताउनुभएकाे छ । उहाँका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गर्न सफल भएको छ, जुन अहिलेसम्मकै उच्चतम बिन्दु हो।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सरकारको योजनाबद्ध प्रयास र नीतिगत सुधारकै परिणामस्वरूप निर्यातमा उल्लेखनीय वृद्धि भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार सरकारमा आउनु पूर्वको अघिल्लो वर्षमा देशको निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँमा सीमित थियो।
गत वर्षको तुलनामा यस वर्ष ८१.८० प्रतिशतको उल्लेखनीय वृद्धिसहित नेपालको निर्यात क्षेत्रमा नयाँ कीर्तिमान स्थापित भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ। उहाँले यस उपलब्धिलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फको महत्वपूर्ण पाइला भन्दै सबै सरोकारवालालाई धन्यवाद समेत दिनुभएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच