लण्डन । हेभी मेटल संगीतका अग्रणी कलाकार तथा ब्ल्याक सब्बाथका प्रमुख गायक ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ । उहाँले केही हप्ताअघि मात्र आफ्नो अन्तिम विदाई कन्सर्ट सम्पन्न गर्नुभएको थियो । उहाँको परिवारले बुधबार बिहान एक विज्ञप्तिमार्फत ओस्बोर्नको निधन भएको पुष्टि गरेको छ । नाइन न्युजका अनुसार, विज्ञप्तिमा उहाँकी श्रीमती शेरोन ओस्बोर्न र छोराछोरी ज्याक, केली, एमी र लुइसले लेखेका हुनुहुन्छ ।
‘अन्धकारको राजकुमार’ उपनामले चिनिने ओस्बोर्नले सन् १९६८ मा इंग्ल्याण्डको बर्मिंघममा ब्ल्याक सब्बाथ ब्याण्डको स्थापना गर्नुभएको थियो । औद्योगिक सहर बर्मिंघमबाट सुरु भएको यो ब्याण्डले हेभी मेटल संगीतको जग हाल्ने काम गरेको थियो । ओस्बोर्नको स्वर, शैली र प्रस्तुतिले उहाँलाई विश्वभरका संगीतप्रेमीबीच एक विशेषस्थान दिलाएको थियो ।
ओस्बोर्नको निधनको खबर सार्वजनिक भएको केही समयमै विश्वभरका रक तथा मेटल सुपरस्टारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन् । संगीत क्षेत्रमा पु¥याएको उहाँको योगदान सधैं स्मरणीय रहनेछ । ओस्बोर्न संगीत क्षेत्रमा आफ्ना रक शैलीका लागि चिनुनुहुन्थ्यो ।







मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा