भोजपुर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियन (क्रान्तिकारी) ले भोजपुर सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पसमा सरसफाई अभियान सञ्चालन गरेको छ।
शुक्रबार आयोजित अभियान क्याम्पस इकाई समितिको अगुवाइमा सञ्चालन गरिएको हो। 'पठनपाठन मात्र होइन, शैक्षिक संस्था स्वच्छ र सफा हुनु जरुरी छ' भन्ने मान्यता सहित सरसफाई कार्यक्रम सञ्चालन गरिएको अखिल क्रान्तिकारी भोजपुरका जिल्ला अध्यक्ष सन्तोष राईले जानकारी दिनुभयो।
‘सरसफाई र स्वच्छताः हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गरिएको अभियानमा क्याम्पसमा अध्ययनरत विद्यार्थी, क्याम्पस प्रशासनका पदाधिकारी तथा विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
क्याम्पस परिसरभित्रको फोहर व्यवस्थापन, झाडी सफा, डस्टबिन व्यवस्थापन लगायतका गतिविधि अभियान अन्तर्गत गरिएको थियो। क्रान्तिकारी क्याम्पस इकाई समितिले आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच