नयाँदिल्ली । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल)को विजेता टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) कानुनी झमेलामा फसेको छ । सोही विषयलाई लिएर कर्नाटक सरकारले आरसिबी र कर्नाटक राज्य क्रिकेट संघविरुद्ध फौजदारी अपराधमा मुद्दा लगाउन अनुमति दिएको हो । छानबिन समितिले उक्त घटनामा आरसिबी व्यवस्था पनि दोषी देखिएको प्रतिवेदन बुझाएको थियो ।
आरसिबीले पहिलोपटक आइपिएललको उपाधि जितेपछि खुशियाली मनाउन एम चिन्नास्वामी स्टेडियममा आयोजित समारोहमा समर्थकहबीच भागदौड हुँदा ११ व्यक्तिको निधन भएको थियो । घटनामा करिब ५० जना गम्भीर रूपमा घाइते भएका थिए । स्थानीय प्रशासनको अनुमतिबिना नै कार्यक्रम आयोजना गरिएको थियो ।
छानबिन समितिले उक्त घटनामा रोयल च्यालेन्जर्स बेंगलुरुसँगै कर्नाटन राज्य क्रिकेट संघ र डिएनए इन्टरटेनमेन्ट नेटवक्र्स प्रालिलाई पनि दोषी देखाएको छ । आइपिएलल २०२५ को उपाधि जितेपछि आरसिबीले जुन ४ तारिखमा खुसीयाली मनाउन कार्यक्रम राखेको थियो ।
कर्नाटक सरकारले उक्त घटनाको विषयमा छानबिन गर्न जुन ५ तारिखमा पूर्वन्यायाधिश जोन माइकल डिकुन्हाको संयोजकत्वमा समिति गठन गरेको थियो । छानबिन समितिले जुलाई २४ तारिखमा कर्नाटक सरकारलाई प्रतिवेदन बुझाएको हो ।
सोही प्रतिवेदनका आधारमा कर्नाटक सरकारले आरसिबीसँगै अन्य दोषीविरुद्ध फौजदारी अपराधमा मुद्दा चलाउन अनुमति दिएको हो । छानबिन समितिको प्रतिवेदनमा भीड नियन्त्रण गर्न कुनै तयारी नगरिएको उल्लेख छ । कार्यक्रमको टिकट बिक्री र प्रवेश व्यवस्थामा पनि कमजोरी देखिएको प्रतिवेदनमा जनाइएको छ । यसका अतिरिक्त स्थानीय प्रहरी प्रशासन र सरकारी निकायको भूमिकाको विषयमा पनि छानबिन गर्न सुझाव दिइएको छ । एजेन्सी







रसुवा बाढीपछिको पुनर्निर्माणका लागि स्रोत
प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका
जेन–जीले परिकल्पना गरेको समाज निर्माण
शहीदको अनुहार नमिलेपछि सातदोबाटोको जेन–जी
सांसद विकको प्रश्न : जेन–जी
प्रधानमन्त्रीसँग जेन–जी शहीदकी आमाले सोधिन्