उहिले सिमथली भन्ने एउटा गाउँमा मानसिंह भन्ने द्वारे बस्दथे । उनका पाँच भाइ छोरा र पाँच बहिनी छोरी थिए । मानसिंहको बन्दोबस्त गाउँका अरूको दाँजोमा राम्रो थियो । ठूलै आलय थियो, हल गोरु नोकरचाकर खेतबारी त्यति ठूलो परिवारले खाएर पनि प्रतिवर्ष हजारौंको सुक्रिबिक्री गर्दथे । सिमथली गाउँका धनीमानी भएकाले होला सबैले सिमथली साहुबा भन्थे । पालो र तालो भन्छन् जे छोए नि पैसै भयो कोही बेला सिमथली साहुले । जसका भैंसी उसका वन जसका छोरा उसका धन भने झैँ मानिसको चहलपहल निक्कै थियो एकताका ।
जन्मे छोरा हर्कमान बढे छोरा थर्कमान, साना छउन्जेल मर्लान् भन्ने पीर ठूला भए मार्लान् भन्ने पिर । नहुने कुरालाई जसो गरे पनि हुँदैन । भने झैँ सुदिन र कुदिन करिमले लाउँछ नगरौँ भने पनि परी-परी आउँछ । आफ्ना कर्मको पाउँदैन थाहा व्यर्थै गर्छ अर्काको डाहा’ भने झैँ जति अरूले डाह इष्र्या गरे नि केही लछारपाटो लाउन सक्ने कोही थिएन । द्वारेबाको दिन रातै बढेको बढ्यै थियो । कमाइ कसैले रिस गरे नि खुश गरे नि केही फरक परेन ।
तर, घरमै चर पसेपछि अगाडि पैर चल्दैन भनेझैं मानसिककहको चन्चलाश्री पनि दिन दिन धरमराउन थाल्यो । सानो कुरामा पनि हिजो जोतो मोतो हुने घरमा आजकल जोतो न मोतो हुन थालेकाले बुढाले सोचे साँच्चै केरा र छोरा फोरे नै बढ्छन् भनेर पाँचै भाइलाई एकैचोटि बण्डा गरिदिने विचार गरे । एकदिन बेलुका सबै भाइलाई जम्मा गरेर भने ल बाबु हो कसैका पनि सधैँ एकै साथ बस्दैनन् । बार्ह डाँडाबाट बाह्र वटी अर्काकी छोरी नल्याई घरजम हँुदैन तिनै नभई नि हँुदैन अलिकति बढी भए निल्नै हुँदैन मेल नै हुँदैन ।
मानु छुट्टिए नि मन नछुट्याऊनू, तिमीहरू दशजनाको मन छुट्टियो भने शत्रुले चर पाउँछ र तिमीहरूलाई एउटा एउटा गरेर सबैलाई सिन्का भाँचे झैँ भाँच्छन् । त्यसैले एक ढिक्का हुनू सके एउटाले अर्कालाई लडेमा सहयोग गरेर उठाओ सकेनौ दाउरा नथप्नु भने बुढाले ।
हेर बाबु हो आइमाई भनेको नुन हो नभई नि हुँदैन बढी भए निल्न र मिल्न सकिँदैन तर लोग्ने र स्वास्नी नमिली गृहस्थी हँुदैन त्यसैले आफ्नो निजी परिवार त मिल्नै पर्छ । नमिली घर व्यवहार पनि चल्दैन त्यसैले आ–आफ्ना श्रीमती परिवार समाल जोई पोइ मिलेर बस । म तिलको गेडा घोटी मासको गेडा फोरी गरेर सबै प्रपञ्च बराबरी गरी भाग लाइदिन्छु । रोलक्रम अनुसार रोजेर लेओ । तिमीहरू पाँच भाइ पाँच अंश हामी बुढाबुढीलाई एक भाग गरी छ भाग लाइदिन्छु हवस् तनि त्यसो भए बाले राख्ने कुन कहाँ के हो राख्नु अनि पाँच भाग लाइदिनु भनेर जेठाले भाइहरूतिर फर्केर भन्यो कसो हो ए भाइ हो ?
बाआमा टाढा जान सक्नु हुन्न बरू मूल घरबारी र धारामुनिको खेत बाआमालाई राखिदिने हो कि ? त्यसमाथि अरू केही केही राख्ने भए भन्नुस् बा अनिमात्र हामी पाँच भाग लाउँला । बुढाले भने ल ठूलो बाबु त्यसो भए ठिकै छ तिमीहरू के भन्छौ नि भनेर बुढाले पनि अरू भाइलाई सोधे । ठीक छ बा भने एकै स्वरमा । साहिँलाले भन्यो अरू कतै थप्नु पर्ला बा ? पर्दैन भयो हाम्रो दुई मुख तिमीहरूका सहश्र मुख कसरी बुझो लाउँछौ नि ?
ल अब बाले भाग लाइदिनुस् त्यसपछि कान्छादेखि रोज्दै आऊ । हुँदैन भन्छौ भने गोला हाल्ने ज जसलाई जहाँ जहाँ पर्छपर्छ चित्त नबुझे होला सर्न पनि पाइन्छ ल भन भाग लगाई दिऊँ ? सबैले भने हुन्छ हुन्छ । बुढाले परिपुर्याएर भाग लाइदिए ठीक छ छैन भने अहिले नै भन सबैले ठीक छ बराबरी भाछ । ल कान्छा तँ भन कुन भाग रोज्छस् ? सबभन्दा कम उमेरको (२५) भएकोले रोज्यो मत हुडी खेतको मुहान भाग लिन्छु । ल हुन्छ अड मास्न पाइन्न नि । मास्दिन बरू बण्डापत्रमा खोल्नुपर्छ दाइ । यसरी नै सबैले रोज्दै आए कसैले मकैटारी, कसैले गैरीखेत कसैले खोलाखेत कसैले ढाप खेत रोजे तिनै खेतको गफमा बाउले तोकिदिएको अरू खेतबारी बण्डामा सामेल गरियो ।
सजिलै घरमै बसेर आँठो नटेकीकन बुढाले सर्लक्क चित्त बुझ्दो अंश गरिदिए र भने घर बनाउने ठाउँसमेत तोकिदिए । भोलिपल्टै चार घरको जग खनेर घरबनाउने कामको शुभारम्भ भयो । कसरी मिलाए साहुबाले कुन्नि एउटा घरकाले अर्को घरलाई देख्ने र सुन्ने गरी घर बन्यो । सबै भाइ बुहारीलाई राखेर भिन्नै मानु खाने दिन भने सबैले एक एक वटा लौरो लिएर आउनू भने सबैले लिएर आए र बाका हातमा दिए । कान्छालाई बोलाएर दशवटै लौरोको मुठा दिएर ल भाँच भने कान्छो दङ्ग परेर बाबुको मुखमा हेरिरहृयो आँटै गर्न सकेन । माइला तँ अलि बलियो छस् सक्छस् एकै चोटी मुठै भाँच्न ? केको सक्नु नि ‘हा हा सबै हाँसे देख्यौ त कस्तो हुन्छ दस भाइको बल मुठा भए बलियो छुट्टा भए खल्बलियो । ठूले एउटा पाए त तँ पनि भाँच्छस् कि ? सक्छु नि बा ।
हो कुरा यही हो सुन छोरा बुहारी सबैले मानु छुट्टिए नि मन नछुट्याऊनू, तिमीहरू दशजनाको मन छुट्टियो भने शत्रुले चर पाउँछ र तिमीहरूलाई एउटा एउटा गरेर सबैलाई सिन्का भाँचे झैँ भाँच्छन् । त्यसैले एक ढिक्का हुनू सके एउटाले अर्कालाई लडेमा सहयोग गरेर उठाओ सकेनौ दाउरा नथप्नू भनेर बुढाले ल समय भयो । सबैले घरको तीन फेर परिक्रमा गर र दियो कलश गणेश थापेर ढोका पूजा गरेर हाम्रो घरमा लक्ष्मीको बास होस् सुख शान्ति र समृद्धिले पूर्ण होस् रोग व्याधी शत्रु बाधा नहोस् भनेरभित्र पूजा गर । मैले दशजना बाहुन बोलाएको छु रुद्री-होम गराउन जाओ भनेर बुढा मङ्गलाचरण गर्न लागे ।
मङ्गलम् भगवान् विष्णु मङ्गलम् गरुड ध्वज मङ्गलम् पुण्डरीकाक्ष मककगलया तनोहरि । भवतु सर्व मङ्गलम् । यसरी सारा परिवारको साहु बाले बन्दोबस्त मिलाएको र कान्छाको घरको पिँढीको कोठामा बसेको पनि पाँच वर्ष भए छ । एक दिन साँझपख बुढा पेट दुख्यो छाती पोल्यो भन्दैथे । कान्छाका छोराछोरीले खबर दिए छन् एकै छिनमा घरमा खुट्टा राख्ने ठाउँसम्म पनि नहुने गरी त्यो जम्मजाल परिवार जम्मा भयो । वैद्य बोलाए नारी छाम्न लाए बुढालाई भने झन्झन् चाप्दै गयो उचालिने र पछारिने गर्दागर्दै निरस भए ।
गाउँका पाका पुस्ताले र वैद्यले भने मोठमा लैजाऊँ लैजादैमा लल्याालुलुक भइगए । तुलसीको मोठमा पु¥याएर पानी दिँदा त निल्दै निलेनन् । त्यसपछि त सारा कोलाहाल भइगयो । सोधखोज गर्नसम्म पनि पाएनन् । सिमथली साहु बा सबैलाई छाडेर बिदा भए । छोराहरूले राम्रोसँग अन्तिम संस्कार गरे । मरेको भोलिपल्ट दुई दिन कल्ले पो सधैँ मर्नेलाई सम्झिरहन्छ र ? आज भोलि गर्दागर्दै दिन महिना वर्ष गर्दै समय बितेर गएको पत्तै भएन । तिथि सरादमा बाहेक कसले सम्झने र आफ्नै लुते धन्दामा सबैको दैनिकी बित्दै गयो । क्रमशः







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम