अहिलेको साहित्य बढी प्रचारमुखी भएको छ । सामान्य गफलाई उचालेर आकाशमा पु¥याउने स्वभावको विकासले गहन साहित्य ओझेलमा पर्नु स्वभाविकै हो । मै हुँ भन्ने र इतिहासले मानेका साहित्यकार पनि यति हल्का भएका छन् जो जहाँसुकै तपाईं हेर्नोस्, हामी हेरौँ, ऊ हेरोस्-कविता लेखनमा रमाऊँ, कथा लेखनमा रमाऊँ, गजल, चारु, मुक्तक लेखनमा रमाऊँ भन्दै साहित्यकारलाई सिनेपात्र र साहित्यलाई पर्दामा देखाइने भौतिक प्राप्तिको कौडीका रूपमा सञ्जाल बजारमा छरिरहेका छन् । शाब्दिक अज्ञानता भनौँ भने पनि शब्दकोश नै मस्तिष्क भएका व्यक्तिसमेत यसका अपवादमा छैनन् । यसलाई अनौठो विडम्बना भन्नु सिवाय अर्को के होला र ? सन्दर्भ प्रोल्लास सिन्धुलीयलाई केन्द्रमा राखेर म यस कुराको चर्चामा सरिक भएको छु ।
गफगाफकै प्रसङ्गमा प्रोल्लासलाई मैले एउटा प्रश्न गरेको थिएँ कुनै बेला-‘तपाईंल कतिवटा कृतिहरू प्रकाशित गर्नुभयो अहिलेसम्म ? अन्य कतिपयः लेखक/साहित्यकारलाई यो प्रश्न गर्दा फटाफट उत्तर आउँथ्यो-कूल सङ्ख्या यति, यस विधाका यति, प्रविधाका यति, साहित्यका यति र साहित्येत्तरका यति, प्रकाशोन्मुख यति र लेखन समाप्ति लगभगका यति भनेर । उल्टो प्रोल्लासले उत्तर दिन चाहेनन् वा भाउ खोजे ? यो उनै जानून् तर एउटा खाँटी कुरा चाहिँ भने उनले-‘सङ्ख्या महत्वपूर्ण कुरा होइन लेखनका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा । जे र जति दिएको छु त्यसमा के दिएको छु चाहिँ महत्वपूर्ण कुरा हो भन्दै अनौठा शीर्षक छनोटकर्ताका रूपमा पनि परिचित प्रोल्लासले गाडीबाट फुत्त निकालेर–‘बागबजार बोल्दैन’ शीर्षक कथा सङ्ग्रह मेरो हातमा हुत्याए ।
लेखनमा कविका रूपमा मात्र प्रोल्लाससँग परिचित म कथाकारका रूपमा पनि पाएपछि खुशी लाग्नु स्वाभाविकै हो । कविताले उकुसमुकुस भएको मन आख्यानमा मजाले फैलिन पाउँछ । त्यसैले स्रष्टाका कुनै पनि सिर्जनात्मक क्षेत्रहरू आफ्ना आँचलभन्दा बाहिर रहनु हुँदैन । असल समालोचक पनि त्यही हो जोसँग सम्पूर्ण सिर्जनात्मक क्षमता सन्निहित सम्भव छन् ।
लेखनमा कविका रूपमा मात्र प्रोल्लाससँग परिचित म कथाकारका रूपमा पनि पाएपछि खुशी लाग्नु स्वाभाविकै हो । कविताले उकुसमुकुस भएको मन आख्यानमा मजाले फैलिन पाउँछ । त्यसैले स्रष्टाका कुनै पनि सिर्जनात्मक क्षेत्रहरू आफ्ना आँचलभन्दा बाहिर रहनु हुँदैन । असल समालोचक पनि त्यही हो जोसँग सम्पूर्ण सिर्जनात्मक क्षमता सन्निहित सम्भव छन् । आँखाका सामु डरलाग्दो विदेशी गोरे जस्तो देखिने प्रोल्लास शिरमा जटाजुट कपाल चुल्ठी पार्ने र रिबनले बाँधेर चौडा निधार अनि ठूलो टाउको हल्लिने झट्ट हेर्दा अजीव जस्तो पनि नदेखिने होइनन् । गफ गर्दै जाँदाभित्र उनी पहाडी हरियो चिरादार काँक्रो, काँक्रोको पनि शीतल शान्त गुदीका रूपमा पाइन्छन् । छर्लङ्ग छ्याङ्ग उघ्रेको पर्दा जस्तै उनी आफ्नो दुःखद् पारिवारिक अतीत इतिहासलाई समेत सामान्य नेपाली कविले चाहिँ राख्न नसक्ने अवस्थासम्म पुगेर राख्दछन् ।
अनौठा शीर्षकमा नौलाबान्कीदार बिम्बात्मक गद्य वा मुक्त कविता लेख्न खप्पिस सिन्धुलीयले प्रज्ञाप्रष्ठिानबाट विवादित बनेको प्रतियोगितात्मक प्रथम पुरस्कार मुद्दा लडेर विजयी हुँदै लिन सफल भएका छन् । दुई वटा अनौठा शीर्षक भएका कवितासङ्ग्रह-‘झन्डालाई डिभी पर्यो भने के हुन्छ ?’ र ‘जन्मजात बाहुनको विज्ञप्ति’ प्रकाशित गरेका प्रोल्लास अचम्म खालकै व्यक्तित्वका रूपमा पनि देखिन्छन् सालाखाला नेपाली कवि/साहित्यकारका तुलनामा । साहित्यिक लेखनमा पनि अनौठा शीर्षकमा नै उभिन इच्छुक मात्र होइन समर्पित समेत देखिन्छन् ।
समान किसिमका एउटै यात्रामा निरन्तर हिँड्ने रहर यिनलाई छैन । प्रयोगशील नयाँ यात्राका खोज र जोखिमी कार्य थालनीमा रमाउने यिनी साँघुटार अर्थात् सिन्धुलीबाट काठमाडौँ आई भाडामा बसेको बेलादेखि नै गाडी किनेर हुइकिने व्यक्ति हुन् । स्थानका अनुपातमा हुनेखाने नै पैतृक परम्पराका भए पनि विवादास्पद पारिवारिक गतिका कारण यिनले जीवनलाई कठोर सङ्घर्षमा होम्नु परेको अनुहार हो खाइलाग्दो स्वरूपमा देखिने प्रोल्लास सिन्धुलीयको ।
गद्यकविता लेखनकै आकर्षणबाट साहित्यिक यात्रामा उदाएका यिनी सङ्ख्यात्मक विधागत कृति प्रकाशनतिरभन्दा विधागत नवलेखनको प्रयोगतिर पटक-पटक हाम्फालेको पाइन्छ । विधा/उपविधा दुवै लेखनमा यिनले हात नफैलाएका भने होइनन् । गीत, गजल, लघुकथा, दैनिकी, बालसाहित्य, यात्रा संस्मरणात्मक कृतिसमेत पस्कन भ्याएका प्रोल्लासले मुक्तक त झन् लेखेका होलान् नै । चारवटा कवितात्मक कृति प्रकाशनपछि खण्डकाव्य/महाकाव्यको लेखनतिर लाग्नुपर्ने हो सोझो र बिनाजोखिमको साहित्यिक यात्राउन्मुख साहित्यकारले । विपरीत नवप्रयोगको खोजमा सधैँ रमाउन चाहने व्यक्ति प्रोल्लास भएकाले यिनी औपन्यासिक चौडा जगत्को सेरोफेरोको सरोवरमा पौडिन पुगे । परिणामतः ‘शून्य डिग्री’ र ‘भग्न भैरव’ शीर्षक उपन्यास उनका मानसपटलबाट जन्मिए ।
भावझोक्कामा मात्र सीमित, बिम्बविलोडनको आनन्दाकाशमा परिभ्रमित, प्रतीकात्मक खेलको सुन्दर बगैँचा विश्रामबाट गम्भीर बन्ने कवितायात्राको आनन्द आफैँमा अलौकिक हुन्छ । विस्मृत सांसारिक कोलाहलबाट मुक्तिको मुहान मिल्छ । यस्तो लेखनको एउटा द्यौराली उक्लिसकेका प्रोल्लास पुनः शून्यमा ओर्लन्छन् । यो आफैँमा साहसिक निर्णयको सङ्केत मान्नुपर्दछ ।
शून्यमा आएपछि एकै पटक माथिल्लो विधालेखनमा बुरुक्क उफ्रनु उनको अर्को अनौठो साहसिक छलाङ् हो । उपन्यास आफैँमा विराट् जीवन र जगत्का असङ्ख्य नागबेली घुम्ती घुमेर शिखरारोहण गर्ने विधा हो । यो जैविक भावनाको मात्र भावझोक्का होइन । एक घुम्तीको विश्राम पनि होइन । संयोगान्त हुन् वा वियोगान्त, सुखद् हुन् वा दुःखद्, संवेदित हुन् वा हास्यास्पद सबै खालमा सिङगो जीवन यसै पनि उभिनुपर्दछ । त्यस जीवनले भोगेका समयानुसारी समग्र जगत्को प्रतिबिम्बनको साहित्यिक उत्कर्षको अग्लो पाटो आख्यानतिर उपन्यास हो भने पद्यतिर महाकाव्य हो । प्रोल्लास सिँढी टेकेर बुइगल छिरेका छन् । कथालेखनको लामो अभ्यास नगरी एकाएक उपन्यास लेखन प्रकाशनमा लाग्नु र चर्चित हुनु यसै जोखिमी यात्राको उत्कर्ष दृश्य पनि हो ।
औपन्यासिक चौडा आयाम लेखन र चर्चापछि फेरि सानो खुड्किलो ओर्लिने रहरमा रमाउँछन् प्रोल्लास । यो पनि उनको सामान्य साहित्यकार/आख्यानकारले हिँड्नेभन्दा फरक प्रयोगशील गन्तव्य यात्राको सङ्केत हो । यसकै उदाहरणमा ‘बागबजार बोल्दैन’ शीर्षक पहिलो कथासङ्ग्रह निकै चर्चाको आयाम बोकेर देखापरेको सङ्ग्रह हो ।
पुस्तक प्रकाशनको धरोहरभित्र बसेर लामो समय यसलाई नै रोजीरोटीको आधार पनि बनाउँदै आएका प्रोल्लास अहिले लगभग पारिवारिक बेडाबाट पनि मुक्त, स्थायीवास निर्माणको समेत समस्यामुक्त भएर परेकाखण्डमा अर्कालाई खलासी बनाउँदै सडक गुड्न/गुडाउन पनि तयार रहेका पाइन्छन् । छुट्टै प्रकाशन गृहको धरोहरबाट आफू भत्किएर घरकै कोठामा पूर्ववत् पेशा-कसैका कृति नियाल्ने, भाषामा शाब्दिक सुधार ल्याउने, वर्णविन्यासको मजबुतीमा ध्यान केन्द्रित गर्दै परेका खण्डमा घोस्ट राइटिङ्समेत गर्ने यात्रा उनको सहज स्वभाव नै बनिसकेको छ ।
सङ्ख्या महत्वको होइन भन्ने केही कम साहित्यकारमध्येमा पर्दछन् प्रोल्लास पनि । यो विचार आफैँमा गलत विचार हो । सच्चाइमा जाने हो भने संसारमा नयाँ वस्तु केही छैन, कुनै छैनन् । विज्ञानले पनि प्रकृतिमै भएका भिन्न गुणबाहक अनेकन वस्तुको गणितीय जोडघटाउमा मिलन गराएर नयाँ वस्तु निकाल्छ, नामकरण गर्छ जो आफैँमा नयाँ छैन ।
सिन्धुलीगढीको ऐतिहासिक सन्दर्भको गहिरो अध्ययन गरेर उपन्यास लेख्ने यात्रामा अहिले यिनी समाधिमग्न छन् । पद्य/गद्याख्यान दुवैमा कलम चलाउँदै अक्षर नै संस्कार बनिसकेका प्रोल्लासलाई अहिलेसम्मको साहित्यिक यात्राका आधारमा मूलतः कवि नै पहिला हुन् भन्न सकिन्छ । भलै उनी कथा, निबन्ध, लघुकथा, उपन्यास, संस्मरण जस्ता लेखनबाट समेत चर्चामा किन नआऊन् ।
कति लेखेँभन्दा पनि के लेखेँ चाहिँ महत्वपूर्ण कुरा हो । सङ्ख्या महत्वको होइन भन्ने केही कम साहित्यकारमध्येमा पर्दछन् प्रोल्लास पनि । यो विचार आफैँमा गलत विचार हो । सच्चाइमा जाने हो भने संसारमा नयाँ वस्तु केही छैन, कुनै छैनन् । विज्ञानले पनि प्रकृतिमै भएका भिन्न गुणबाहक अनेकन वस्तुको गणितीय जोडघटाउमा मिलन गराएर नयाँ वस्तु निकाल्छ, नामकरण गर्छ जो आफैँमा नयाँ छैन । मान्छेको शिर छेदन गरेर पशुको टाउको जोड्ने र त्यसलाई पुष्टि गर्न नानाभाँतीका तर्कका खेती गर्ने पौराणिक बुद्धिविलासका कथा जस्तै हुन् यी तर्क । लामो अध्ययन र उपकरण जोड्ने अभ्यासको अभावमा वैज्ञानिक यात्रा पनि असम्भव भए झैँ अत्यधिक लेखनको अभ्यासविना साहित्यकारको साहित्यिक लेखनमा पनि निरन्तरता असम्भव हुन्छ ।
यस खालका विचारलाई संस्कार बनाएर लामो समय बाँचेका घिमिरेले धोको राखेर पनि आफ्नो जीवनकालमा एउटा महाकाव्य पूरा गर्न सकेनन् । मरणोपरान्त प्रकाशित महाकाव्य भाषिक, शैल्पिक, छान्दिक, विषयक सबै दृष्टिले ऊँटको आकारमा आयो । समय छँदै उनले यसतिर ध्यान यस अर्थमा दिएनन् उनलाई पदलालसाले पगाल्यो, पैसाको अनावश्यक प्रलोभनले बगाल्यो, पुरस्कार प्राप्तिका निवेदन लेखनले खँगाल्यो । साहित्यिक चुरोको कुरो जन्मजात हो । त्यसको विकास र स्थायित्वका लागि लेखन निरन्तरता अनिवार्य हुन्छ ।
सङ्कल्पित लेखनको निरन्तरताले नै विषयगत नवीनता ल्याउँछ । शैलीगत नवीनताको परिष्कार सिकाउँछ । कल्पनात्मक क्षमता विस्तारको प्रचुरता आविर्भाव हुने भएकाले केही उरन्ठेउलाहरूका जस्तै–‘के दिएँ नभनी कतिमा’ अगाडि बढ्यो भने के पनि त्यसमै मुस्कुराउँछ भन्ने चौडा विवेकको विकास प्रोल्लास सिन्धुलीयमा उदाओस् भन्ने कामनाका साथ अक्षरका बिस्कुन फिँजाउन यहीँ बन्द गर्दछु ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर