समयको ज्ञान सबैका लागि अपरिहार्य छ । धार्मिक एवं सामाजिक व्यवहार सम्पादनका लागि पनि काल गणना आवश्यक रहन्छ । व्यवहार सम्पादनका निम्ति समयलाई वर्गीकरण गरिएको छ र यसका आधारमा तिथि मिति निर्धारण हुने गर्दछन् । वैदिक परम्परामा कालगणनाको सुदीर्घ परम्परा पाइन्छ । सृष्टिपूर्वदेखि नै समयको गणना गर्न आरम्भ भएका कुरा शास्त्रमा वर्णन पाइन्छन् । कल्प सृष्टिपूर्वको समय हो । जुन चार अर्ब बत्तीस करोड वर्षको हुन्छ । वेदले यज्ञ गर्न निर्देश गरेका छन् । यज्ञ समयमा अधीन छन् । समयको गणना ज्योतिषशास्त्र अनुसार हुन्छ । यसरी समयको गणना गरी तयार पारिएको विस्तृत कालसूचक पुस्तिका पञ्चाङ्ग वा पात्रो हो ।
नेपालमा पनि पञ्चाङ्ग गणना र प्रयोगको सुदीर्घ परम्परा रहेको छ । धुलौटोमा कोरेर, कागजमा हातले लेखेर (मुडे पात्रो) अनि पछि छापाखानबाट पञ्चाङ्ग प्रकाशित भएका पाइन्छन् । पञ्चाङ्ग गणना गरी समाजमा आवश्यक पर्ने तिथि मितिको निर्धारण एवं निर्णय आफ्नै परम्पारामा निरन्तर चलिरहेको छ । जसका निम्ति गणना पद्धति, सारिणी एवं सिद्धान्तको उपयोग हुँदै आएको छ । यसका साथै पञ्चाङ्ग आफ्नै परम्परा र पद्धतिका आधारमा आफैँले परीक्षण गरेर निर्माण गर्नुपर्दछ जाहाजी पञ्चाङ्गको भर पर्नुहुँदैन भन्ने आदरणीय गुरु नयराज पन्तको मान्यतामा नै पञ्चाङ्ग पद्धति चलेका छन् जसले नेपालको आफ्नै विशेषतायुक्त पञ्चाङ्गको गौरव बढाएको छ ।
पञ्चाङ्गकारको परिभाषा ‘पात्रो तयार गर्ने र सम्पादन गर्ने व्यक्ति सम्झनुपर्दछ’ भनिएको छ । यहाँ पात्रोको गणना गर्ने गणकलाई स्वीकारिएको छैन । अरूबाट गणना ल्याएर पात्रो तयार गर्दा पनि पञ्चाङ्गकार हुन्छ भन्ने नियम र अभ्यासले दर्शाएकाले दक्ष गणक निरुत्साहित हुने र कालान्तरमा गणकको अभाव निम्ति नसक्ने देखिन्छ ।
पञ्चाङ्गलाई व्यवस्थित गर्न सरकारी तबरबाट पनि प्रयास भएको पाइन्छ । विसं २०२५ सालबाट समिति गणन गरी प्रञ्चाङ्ग प्रकाशित भएका छन् । वर्तमानमा ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति (गठन) आदेश २०७७’ मार्फत् पञ्चाङ्ग गणना एवं प्रकाशित हुँदै आएका छन् । समयानुसार यसमा परिस्कार परिमार्जन आवश्यक देखिन्छ । मूलतः पञ्चाङ्गसम्बन्धी सम्पूर्ण निर्णय गर्न एक समितिको परिकल्पना गरिएको छ जुन सकारात्मक पक्ष हो । जसमा अध्यक्ष, मन्त्रालयको प्रतिनिधि र सदस्यसचिवबाहेक ज्योतिष विषयमा स्नातकोत्तर गरेको कम्तीमा तीन वर्षको अनुभवप्राप्त व्यक्ति एकजना, धर्मशास्त्रमा स्नातकोत्तर विशेषज्ञ एक, संस्कृतिसम्बन्धी विषयमा अनुभवप्राप्त व्यक्ति मध्ये एक र पञ्चाङ्गसम्बन्धी तीन वर्षको अनुभवप्राप्त पञ्चाङ्गकारबाट एकजनासहित सातजनाको समिति परिकल्पना गरिएको छ ।
यसरी हेर्दा वेद, ज्योतिषका पनि सिद्धान्त एवं फलित दुवै विषयका विशेषज्ञको परिकल्पना गरिएको छैन । समावेशी बनाउन एक महिला सदस्य अनिवार्य गरिएको छ । नेपाल विविधताले भरिपूर्ण भएकाले, स्थाननुसार भिन्नि भिन्न स्थानीय सांस्कृतिक विशेषता रहेकाले ती विषयलाई प्रतिनिधित्व गर्न सकेको स्थिति भने देखिँदैन । जस्तै सुदूरपश्चिमाको विशेषता भिन्नै छ तत् सम्बद्ध विशेषज्ञ, मिथिला क्षेत्रको विशेषज्ञ, राई लिम्बू विशेषज्ञ, शेर्पा तामाङ् आदिको विशेषज्ञ, नेवारी परम्परा पद्धतिविशेषज्ञ आदि अन्यको परिकल्पना गरिएको छैन । यी सबै विषयवस्तु संस्कृतिविद्बाट उपयोग गर्न खोजिएको देखिन्छ ।
सदस्यसचिव कार्यलयप्रमुख रहने गरी कार्यकारी निर्देशकका रूपमा परिकल्पना गरिएको छ । जसको नियुक्तिका आधारमा पैतीस वर्ष पुगेको, ज्योतिषमा शास्त्री गरी दश वर्षको पञ्चाङ्गकारको रूपमा अनुभव हासिल गरेको वा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १५ वर्षको अनुभव हासिल गरेको भनी बताइएको छ । यहाँ सम्बन्धित क्षेत्रमा भन्ने शब्दको परिभाषा गरिएको छैन । यसका साथै शास्त्री गरेको, तद् विषयमा योग्य भएको तर पैतीस वर्ष नपुगेको युवा व्यक्ति सदस्यसचिव बन्न नसक्ने स्थिति देखिन्छ । यसका साथै पञ्चाङ्गकारकै रूपमा कार्य पाँच वर्ष गरेर पञ्चाङ्गका क्षेत्रका खोज अनुसन्धान गरेको व्यक्ति पनि प्रवेश पाउनसक्ने व्यवस्थाले थप ऊर्जावान् व्यक्तिको प्रवेश हुनसक्ने थियो । जुन कुरा गठन आदेशले रोकेको देखिन्छ ।
यसै गरी समितिलाई निर्णयका लागि मात्र उपयोग गरिएको छ । अध्ययन अनुसन्धानका लागि तद् विषयको विज्ञ प्राज्ञका रूपमा प्रयोग गरिएको छैन । अध्यक्षलाई निरन्तर अध्ययन अनुसन्धान गर्ने व्यवस्थासहित सुविधायुक्त बनाइएको छैन । केवल बैठकमा मात्र उपस्थित हुने परिकल्पना गरिएको छ । तत् स्थानमा रहेर निरन्तग खोज अनुसन्धानमा प्रवृत्त हुन जागरुक बनाएको देखिँदैन । सदस्य सचिवभन्दा अध्यक्षलाई सेवा सुविधा थपिनुपर्दछ । बैठकमामात्र बस्ने प्रवृत्तिले यस विषयमा गहन अध्ययन र अनुसन्धान हुनसक्ने देखिँदैन ।
पञ्चाङ्गकारको परिभाषा पनि ‘पात्रो तयार गर्ने र सम्पादन गर्ने व्यक्ति सम्झनुपर्दछ’ भनिएको छ । यहाँ पात्रोको गणना गर्ने गणकलाई स्वीकारिएको छैन । अरूबाट गणना ल्याएर पात्रो तयार गर्दा पनि पञ्चाङ्गकार हुन्छ भन्ने नियम र अभ्यासले दर्शाएकाले दक्ष गणक निरुत्साहित हुने र कालान्तरमा गणकको अभाव निम्ति नसक्ने देखिन्छ । पूर्णतः पञ्चाङ्ग गणना गर्नसक्ने र उसैले गरेका गणना हुनुपर्ने व्यवस्था आवश्यक देखिन्छ । यसले अरूको सार्ने प्रवृत्तिमा कमी रही वास्तविक गणक तयार हुन्छन् । गणकलाई ओझेलमा पारी टाक्कटुक्क मिलाउने व्यक्तिलाई पञ्चाङ्गकार भनिनु गणकप्रतिको अन्याय हो जसबाट योग्य पञ्चाङ्ग गणकको क्षयीकरण हुने स्थितिको सिर्जना हुन्छ ।
पञ्चाङ्ग गणना सम्बद्ध आफ्नै सिद्धान्त र अभ्यास उदाहरणसहित उल्लेख गर्ने, यस विषयमा खोज अनुन्धान एवं नवप्रवर्तन गर्ने विषयलाई पनि आदेशले समेटेको छैन । पञ्चाङका निम्ति निरन्तर आकाश अवलोककन गर्नुपर्छ, परीक्षण र प्रयोगका पक्ष धेरै हुन्छन् । ती विषयमा पनि नियमले नियमन गर्दा थप अनुकूल रहनेसक्ने देखिन्छ । यसका साथै आजको युग सुहाउदो पञ्चाङ्ग तयार गर्न निकै चुनौती देखिन्छन् । जहाँ कम्प्युटरको सफ्ट्वेयर विज्ञ एक व्यक्ति निरन्तर रहनुपर्दछ । यसका साथै वेधशालाविद् पनि हुनु आवश्यक छ । जसबाट आजको युग सुहाउँदो गणना र पञ्चाङ्ग प्रकाशन गर्न सकिन्छ । आजको युग डिजिटलको हो । एआईसँग साक्षात्कार गर्ने पञ्चाङ्ग अब आवश्यक हुन्छ । पञ्चाङ्ग परम्परागत विधिले पनि तयार गरिन्छ अनि यसमा आजका आधुनिक प्रविधि पनि थपिएका छन् । जसले गर्दा केही अन्तर आउँछ । यसमा प्राचीन पद्धतिलाई आधुनिक प्रणालीमा जोडेर कार्यगर्ने चुनौती पनि रहेको देखिन्छ ।
नेपली पञ्चाङ्ग नेपालकै मौलिक विशेषताले युक्त छ । जसको संरक्षण र संबद्र्धन गर्नु आवश्यक छ । जुन हाम्रो आफ्नो गौरवको विषय हो । नेपाली स्वयं पञ्चाङ्ग गणना र प्रयोग गर्न आत्मनिर्भर छन् । यसमा वर्तमानको अभ्यास केही फितलो देखिन्छ । अध्ययन अनुसन्धानका पक्ष शिथिल बन्दै गएको देखिन्छ ।
नेपालको समय गौरीशङ्कर हिमाल ८६/१५ देशान्तरको हो तर राष्ट्रिय पञ्चाङ्ग काठमाडौं ८५÷१९ को तयार गरिन्छ र स्वीकृत प्राप्त पञ्चाङ्ग पनि काठमाडौंका नै हुन्छन् । मूलतः काठमाडौं ८५÷१९ को पञ्चाङ्ग स्थानीय हुन आउँछ जुन कुरा विचारणीय छ । डिजिटल पञ्चाङ्ग, नेपाली पञ्चाङ्गको सुदीर्घ साधन वा एपिआई पनि अब आवश्यक हुन्छ । जसका लागि वर्षौंका गणना भण्डारण गरी हेर्न मिल्ने, जुनसुकै मिति पनि नेपालीमा परिवर्तन गर्न मिल्ने जस्ता व्यवस्था अत्यावश्यक भएका छन् । अहिले मिति परिवर्तन गर्ने हो भने बजारमा नेपाली क्यालेन्डर भन्ने एपिआईले २०९९ वर्षसम्मको मात्र गणना गर्छन् अनि १९७५ पूर्वको पनि गणना हेर्न मिल्दैन जुन आधिकारिक स्रोतका पनि होइनन् । यसैले हजारौं वर्षका पञ्चाङ्ग गणना पद्धति राख्न, हेर्न र प्रयोग गर्न सक्ने प्रविधिको विकास गर्न सकिन्छ । तदनुकूल कार्य गर्न भने चुनौती रहेको देखिन्छ ।
नेपली पञ्चाङ्ग नेपालकै मौलिक विशेषताले युक्त छ । जसको संरक्षण र संबद्र्धन गर्नु आवश्य छ । जुन हाम्रो आफ्नो गौरवको विषय हो । नेपाली स्वयं पञ्चाङ्ग गणना र प्रयोग गर्न आत्मनिर्भर छन् । यसमा वर्तमानको अभ्यास केही फितलो देखिन्छ । अध्ययन अनुसन्धानका पक्ष शिथिल बन्दै गएको देखिन्छ । जाहजी पञ्चाङ्ग सार्ने अनि दृकसिद्ध भन्ने आफ्ना पद्धति र परम्परालाई लत्याउने प्रवृत्ति बढ्नु स्वकीय गौरवलाई घटाउनु हो । आफ्नै खोज अनुसन्धान आवश्यक पर्छ भनी नयराजपन्त गुरुले पनि थुप्रै लेख लेख्नुभएको छ । इ.सं.का जस्तो हाम्रा निश्चित महिना हुँदैनन् । सङ्क्रान्ति, मिश्रमान, दिनमान, अहोरात्रले गर्दा ३२ दिनको पनि महिना हुनसक्छ तर अङ्ग्रेजी क्यालेन्डरमा महिनाका दिन निश्चित गरिएका छन् । सूक्ष्म पक्षको विचार नगर्दा हाम्रा पद्धति र परम्परा हराएर जानसक्ने हुन्छ ।
यसैले हाम्रा पद्धतिलाई संरक्षण र संबद्र्धन गरी स्वकीय गौलवलाई अक्षुण्ण राख्न सक्नुपर्दछ । नेपालमा पञ्चाङ्ग गणनासम्बद्ध दक्ष जनशक्तिको पनि दिनानुदिन अभाव भइरहेको छ । निश्चित सङ्ख्यामा मात्र दक्ष गणक रहेका छन् । जसको संरक्षण, प्राप्त दक्ष जनशक्तिबाट अन्य जनशक्ति उत्पादनका निम्ति प्रोत्साहन लगायतका कार्य पनि आज आवश्यक देखिन्छ । गणना पक्ष अत्यन्त श्रमसाध्य हुन्छ । यसैले यस्ता विषयको मर्म बुझेर तदनुसारका कार्यक्रम सञ्चालन गरिनु आवश्यक देखिन्छ । जसबाट हाम्रो पद्धति र परम्परा निरन्तर चलिरहनेछ । नेपाल र नेपालीको पञ्चाङ्ग भनी हामी सबैले गौरव गान गर्न सक्दछौं ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि