नित्यमुद्यतदण्डः स्यान्नित्णं विवृत्रतपौरुषः
अच्छिद्रश्छिद्रदर्शी स्यात् परेषां विवरानुगः ।।
शासक सदा आफ्ना विरोधीलाई दण्ड दिन तयार रहनुपर्दछ । शासकले आफ्नो दुर्बलतालाई बाहिर आउन दिनु हुँदैन । विरोधी पक्ष कमजोर देखियो भने तुरुन्त प्रहार गर्नुपर्दछ । यो पद्य महाभारतमा हस्तिनापुरका राजा धृतराष्ट्रलाई कणिकले दिएको कूटनीतिक उपदेश हो । यही पथमा रहेका नेपालको राजनीतिका व्यक्ति हुन् खड्गप्रसाद ओली । नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली राजनीतिमा एउटा सबल राजनीतिक पार्टी हो । इतिहास आफूलाई सबल बनाएको एमालेले भविष्यमा पुनः आफूलाई सावित गर्ने नै छ । यो पार्टीको इतिहास लामो छ ।
लामो इतिहास बोकेको पार्टीमा कहिलेकहिँ नेताहरूका बीचमा अनवन अनमेल हुनुलाई अस्वाभाविक मान्न सकिँदैन । राजनीतिमा पार्टीगत रूपमा देखिने गुटबन्दीलाई स्वाभाविक मान्न सकिन्छ र मान्नुपर्ने पनि हुन्छ । यदि मानिएन भने राजनीतिक पार्टीहरूका मुखिया तानाशाही हुने खतरा पार्टीमा देखिन्छ र पार्टी विभाजनको संघारमा मात्र पुग्दैननन् विभाजन पनि हुने गर्दछन् । यो राजनीतिमा देखापर्ने सत्य हो । यही सत्यमा टेकेर चलायमान हुन्छन् राजनीतिमा पार्टीहरू । पार्टीहरू चलायमान भएनन् भने देशको राजनीति पनि कमजोर हुने गर्दछ ।
नेपालको संविधानमा टेकेर विद्यादेवी भण्डारीलाई एमालेले राष्ट्रपति बनायो । एमालेमा दर्शन स्थापना गरेर जनताको बहुदलीय जनवादलाई बाहिर ल्याउने मदन भण्डारीकी श्रीमती हुन् उनी । राजनीतिमा उनका पति र उनको योगदान रहेको देखियो ।
नेकपा एमालेको भर्खरै बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय पार्टीगत रूपमा सही होला ? तीनजनाबाहेक उक्त निर्णयमा फरक मत आएन । फरक मत राख्न नपाइने होइन तर बहुमतीय प्रणालीमा बहुमतले गरेको निर्णयलाई स्वीकार्नु नै राजनीतिमा देखिने स्वस्थता हो । विचारलाई राजनीतिमा प्रवाह गरेर कार्यान्वयनमा ल्याउन बहुमत अनिवार्य मानिन्छ । यदि बहुमत भएन भने राजनीतिक विचारले कहिले पनि स्वस्थ अवस्थामा आफूलाई जीवन्त राख्न सक्दैन । यही हो राजनीतिको पहिचान र व्यवस्थापकीय पक्ष पार्टीगत सन्दर्भमा पनि । एमालेले गरेको निर्णय केन्द्रीय समितिबाट प्रचण्ड बहुमतले पारित भयो । पार्टी अध्यक्षको दबदबा पार्टीमा अझ जीवित छ भन्ने सन्देश हो यो । यो सन्देश लिएर नेकपा एमाले विधान अधिवेशमा जाँदैछ ।
पूर्वराष्ट्रपतिको गरिमा
नेपालको संविधानमा टेकेर विद्यादेवी भण्डारीलाई एमालेले राष्ट्रपति बनायो । एमालेमा दर्शन स्थापना गरेर जनताको बहुदलीय जनवादलाई बाहिर ल्याउने मदन भण्डारीकी श्रीमती हुन् उनी । राजनीतिमा उनका पति र उनको योगदान रहेको देखियो । योगदान नभएको भए उनी राष्ट्रपति सम्म पुग्ने थिइनन् । उनले राष्ट्रपतिबाट विश्राम पाइन् । उनलाई सरकारले सुविधा दिएको थियो । उनले सरकारी सुविधा नलिने उद्घोष गरिन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने उनको अभिलाषा रहृयो ।
उनी पार्टीका सक्रिय राजनीतिमा आउनुलाई नराम्रो मान्ने होइन तर देशको सर्वोच्च पदमा पुगेको व्यक्ति राजनीतिमा होमिनुलाई पक्कै पनि आश्चर्य मान्नुपर्ने देखिन्छ । यही अवस्था देखियो केही दिनपूर्व नेपालको राजनीतिमा पनि । उनको सक्रियताले नेकपा एमालेका केही नेता र कार्यकर्तामा खुशी नछाएको होइन छायो तर त्यो खुशीले धेरै दिन आफूलाई टिकाउन सकेन ।
राष्ट्रपति गणतान्त्रिक देशको सर्वोच्च पद हो । यो पदमा पुगेका मानिसले राजनीतिबाट सन्न्यास लिई देशको अभिभावक र सम्मानित भएर बस्नु नै उपयुक्त बाटो मानिन्छ । राष्ट्रपति भएको व्यक्तिले सक्रिय राजनीतिमा फर्केर पाउने अपमानबाहेक केही हुन सक्दैन । राजनीति अपमानका लागि गरिने होइन । नेपालमा गरिने राजनीति त भोगका लागि हो । यो भोग पार्टीगत रूपमा पार्टीका मुखियाले निर्धारण गरेको हुन्छ ।
एउटा राजनीति गर्ने व्यक्ति देशको राष्ट्रपतिमा निर्वाचित भएपछि ऊ संविधानको रक्षक, सेनाको परमाधिपति, राष्ट्रप्रमुख, पार्टीभन्दा माथि उठेको व्यक्ति हो । सरकाले संविधानविपरीत काम गरेमा सजग गराउने अधिकार राष्ट्रपतिलाई नै छ । आजको राजनीतिक भाषामा राष्ट्रपति हुनुपूर्व उक्त व्यक्ति झोले भए पनि राष्ट्रपति भएपछि देशको अभिभावक हो । त्यसैले राष्ट्रपति भएको व्यक्ति पार्टी, पार्टीका नेता र कार्यकर्ताभन्दा माथिको सम्माननीय पदीय जिम्मेवारी गरेका व्यक्ति हो ।
नेकपा एमालेका मुखिया नेपालको राजनीतिका चतुर खेलाडी मानिन्छन् । उनी आफूले सत्ता र पार्टीमा भोग गर्न नपाए जे पनि गर्न तयार भएका व्यक्ति पनि हुन् । उनकै कारण माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल किनारा लागे । दश वर्षसम्म नेपालको सशस्त्र क्रान्ति गरेका पुष्पकमल दाहाल पनि नसकेर नै उनीबाट अलग भए । यी तथ्य र प्रमाणहरूको साक्ष्य सायद विद्याले बुझिनन् र उनलाई नै चुनौती दिने तरिकाबाट राजनीतिमा सक्रिय हुने अभिलाषा राखिन । यही नै उनका लागि घातक भयो । मुखियासित सहकार्य गरेर पार्टीमा राजनीति गर्ने अभिलाषा राखेको भए के हुन्थ्यो भन्न सकिएन तर उनलाई नै किनारा लगाउने उद्देश्य बोकेकी भण्डारीलाई किनारा लगाइदिए पार्टीका मुखियाले ।
भण्डारीलाई मैले मुखियाबाट चिढिएका, मुखियाले किनारा लगाएका, भित्रभित्र कुँजिएर बसेका, उनकै खुट्टामुनि दबेर बसेका नेता र कार्यकर्ताको साथ पाउँछु भन्ने आशा थियो । पाउँथिन् पनि होला तर त्यसो हुनसकेन । विभिन्न आरोपपत्र दर्ज गरेर उनलाई पार्टीमा सक्रिय राजनीति गर्न नमिल्ने आधार प्रस्तु ग-यो एमालेको केन्द्रीय समितिले । उनी अभिभावक भएर बस्न सकिनन् । आफ्ना कार्यकर्ता र नेतालाई गतिलो बाटो देखाउन पनि सकिनन् । पार्टीको सक्रिय राजनीति राष्ट्रपति भएका व्यक्तिका लागि उपयोगी होइन भन्ने हेक्का पनि राख्न सकिनन् । यही हो उनको दुर्भाग्य पनि ।
विद्यालाई राजनीतिमा सक्रिय नहुन आग्रह गरे । आग्रहलाई उनले स्वीकार गरिनन् । सक्रिय राजनीतिमा उनले आफूलाई उभ्याउने प्रयासमा लागिन तर उनलाई एमालेका मुखियाले केन्द्रीय समितिबाट नै रोकिदिए । उनले विद्यालाई पूर्णरूपमा प्रतिबन्धित गरिदिए । यो उनको आफ्नो पथ थियो ।
विद्यादेवी भण्डारीले आफ्नो गरिमालाई बचाउन सकिनन् । उनले आफूलाई राजनीतिको पण्डित मान्न खोजिन् । उनले आफूलाई ओलीको विकल्प ठानिन् तर त्यसो हुन सकेन । उनी राजनीतिमा पनि सफल हुन सकिनन् । वर्तमान एमालेका मुखियाको निगाहबाट देशको राष्ट्रपति भएकी उनी नेपाली राजनीतिमा एक असफल बन्न पुगिन् । राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा उत्रनु पक्कै पनि राम्रो होइन । उनले बुझिनन् वा उनलाई उचालेर ओलीको सर्वसत्तावादको महललाई भत्काउन खोज्ने उनका समर्थक नेता र कार्यकर्ताले बुझेनन् आफैं जानून् ।
ओली पथ
नेपालको राजनीतिमा राजमार्ग कोर्ने काम दर्शनको हो । राजनीति दर्शनबाट प्रेरित हुने गरेको हुन्छ । राजनीतिमा दर्शनलाई समावेश गरेरमात्र राजनीतिको बाटो बाहिर आउने गरेको देखिन्छ । नेपाली कांग्रेस विश्वेश्वरप्रसाद कोइरालाको सिद्धान्तमा चलेको छ । दश वर्षसम्म सशस्त्रयुद्ध गरेका प्रचण्ड माओका माध्यमबाट दर्शनलाई आधार बनाएको देखियो । एमाले माक्र्सवाद र लेलिनवादलाई आधार मानेर अघि बढेको पार्टी हो । आज उक्त पार्टीका मुखिया खड्गप्रसाद ओली हुन् । राजनीतिमा उनी चतुर खेलाडी मानिएका व्यक्ति हुन् । उनले राजनीतिमा आफूलाई एक सबल मानेर अघि बढेका छन् । आज उनी उक्त पार्टीका मुखिया हुन् ।
उनको पहिलो मान्यता आफू बाँचुञ्जेल उक्त पार्टीको मुखिया रहने अभिलाषामा रहेका छन् । उनी आफूबाहेक अरूलाई केही दिन खोज्दैनन् । आफ्नाविरोधीलाई उनले पाखा लगाउने काम गरेका हुन्छन् । उनी जीवन रहुञ्जेल आफैंमा नियमनमा रहन्छन् । उनले आफूलाई सबै दर्जामा उठाउन विद्या भण्डारीलाई रोके । विद्यालाई राजनीतिमा सक्रिय नहुन आग्रह गरे । आग्रहलाई उनले स्वीकार गरिनन् । सक्रिय राजनीतिमा उनले आफूलाई उभ्याउने प्रयासमा लागिन तर उनलाई एमालेका मुखियाले केन्द्रीय समितिबाट नै रोकिदिए । उनले विद्यालाई पूर्णरूपमा प्रतिबन्धित गरिदिए । यो उनको आफ्नो पथ थियो ।
उनका अघि सबै नेता गरुडको छायाँ परेका सर्प जस्तै देखापरे । यही हो राजनीतिमा सबलताको पहिचान नै । राजनीतिमा ओली सामान्य रूपमा महाभारतका कणिक जस्तै बनेर देखापरे । आफ्नाविरोधीलाई तह लगाएर आफूलाई सत्ताभोगमा चुर्लुम्म डुबाउनु उनको राजनीतिको मूल पहिचान देखियो । निषेधको राजनीतिको सिकार बनेकी पूर्वराष्ट्रपतिले कुन बाटो अपनाउँछिन् त्यो भविष्यमा देखिनेछ ।
ओली राजनीतिमा आफूलाई सर्वेसर्वा मान्ने व्यक्ति हुन् । उनी दर्शनबाट होइन व्यक्तिगत सोचाइबाट चलेका व्यक्ति हुन् । उनले नेपालको राजनीतिमा ओलीवादलाई नै लिएर अघि बढेका व्यक्ति हुन् । उनको राजनीतिमा आफूबाहेक अरूलाई स्वीकार गर्ने प्रवृत्तिलाई देख्न सकिँदैन । उनको राजनीतिमा आफूलाई आफ्नालाई जीवनदान दिनेबाहेक अरूलाई अघि बढाउने उद्देश्य लिन सकिँदैन । उनको पहिचान नै नेपाली राजनीतिमा देखिने भीष्म पितामह हो । उनी आफूलाई राजनीतिका चाणक्य नै सम्झिरहेका छन् । आफूलाई विरोध गर्नेलाई समाप्त पार्नु नै ओलीमा देखापरेको राजनीतिको पहिचान मानिएको छ । कम्युनिष्ट पार्टीको एकल साम्राज्यमा रहेका छन् उनी । आफूलाई सबैभन्दा उच्च ओहदामा राखेर अरूलाई दास बनाउने प्रवृत्तिका राजनीतिज्ञ हुन् उनी ।
उनको पहिचान नेपालको राजनीतिमा सबैलाई धोका दिने र आफूलाई उच्च ओहोदामा सधैं राख्ने व्यक्ति मानिएका छन् । उनको व्यक्तित्वका अघि सबै मौन देखिए । पूर्वराष्ट्रपति राजनीतिमा आउने चाह राखिन् । उनलाई पार्टीको चिन्ता हो वा आफ्ना समर्थकको चिन्ता हो त्यो उनै जानून तर एउटा गरिमामय पदमा गएको व्यक्ति यसरी राजनीतिमा हामफाल्नु उपयोगी थिएन तैपनि उनले चाहना राखिन् । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले विद्यालाई आरोप पत्र दर्ज गर्दै राजनीतिमा न आउन आग्रह ग¥यो । विद्यादेवी भण्डारीको राजनीतिक सोच तुहियो तर उनी आफू सक्रिय रहने चाहलाई कसरी उतार्छिन् भन्ने प्रश्नको उत्तर ओलीबाहेक कसैसित पनि छैन ।
नेपालको संविधानले नेपाली जनतालाई स्वतन्त्रतापूर्वक राजनीतिमा सक्रिय हुने अधिकार दिएको छ । एउटा नेपाली नागरिकले आफूलाई स्वतन्त्ररूपमा राजनीतिमा सक्रिय बनाउन सक्छ तर ओलीले आफूलाई निर्विकल्प मानेर निषेधको राजनीति थाले । आफूलाई निषेध गर्ने पार्टींको विधानमा नै परिवर्तन गरेर आफू अनुकूल बनाए । उनका अघि सबै नेता गरुडको छायाँ परेका सर्प जस्तै देखापरे । यही हो राजनीतिमा सबलताको पहिचान नै । राजनीतिमा ओली सामान्य रूपमा महाभारतका कणिक जस्तै बनेर देखापरे । आफ्नाविरोधीलाई तह लगाएर आफूलाई सत्ताभोगमा चुर्लुम्म डुबाउनु उनको राजनीतिको मूल पहिचान देखियो । निषेधको राजनीतिको सिकार बनेकी पूर्वराष्ट्रपतिले कुन बाटो अपनाउँछिन् त्यो भविष्यमा देखिनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच