रोल्पा । गृहमन्त्रीको निर्देशनको धज्जी उडाउदै रोल्पाको सहिदमार्गमा सडकको क्षमता भन्दा ३ गुणा बढी लोड बोकेर टिप्परहरु गुड्दै आएका छ्न् । केही समय अघि मात्र नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सडकमा सडकको क्षमता भन्दा बढी लोड र सडकमा ओभर लोड बोकेर गुड्ने टिप्पर/ ट्रकहरुलाई तत्काल नियन्त्रणमा लिई कार्बाही गर्न प्रहरी प्रशासन र सम्बन्धित निकायहरुलाई कडा निर्देशन दिएको थियाे ।
यसको केही हप्ता नपुग्दै रोल्पाको सहिदमार्गको होलेरी-दाङको घोराही सडक खण्डमा सडकको क्षमता भन्दा ३ गुणा बढी ओभर लोड चुन ढुङ्गा बोकेका टिप्परहरु निर्वादरूपमा गुड्दै आएका छन् । दाङको घोराही स्थित सुप्रेशन एनोभेसन प्रालिले रोल्पाको रुन्टिगढि गाउँपालिकाको वडा न. ७ स्थित गैरा भन्ने गाउँमा चुन ढुङ्गाको खानी उत्खनन गरि सन्चालन गरेपछि उक्त चुन ढुङ्गा खानी क्षेत्र बाट दाङको दुधरासस्थित सोना सिमेन्ट उद्योगको उद्योग क्षेत्र सम्म ढुवानी गर्न करिब एक महिना अघि देखि सहिदमार्गमा ओभर लोड चुन ढुङ्गा बोकेका करिब तीन दर्जन जति टिप्परहरु गुड्न शुरु गरेको स्थानीयहरुले बताएका छ्न् ।
दाङको घोराही-रोल्पाको होलेरी कालो पत्रे सडकको भार बहन क्षमता १०.२ टन रहेको सडकमा उक्त क्षमता भन्दा बढी लोड बोकेर टिप्परहरु गुड्ने हो भने सहिदमार्गको घोराही-होलेरी सडक खण्ड मध्य हाल सम्म बचेको दाङ जिल्लाको सिमाना खुम्बास भन्ने ठाँउ देखि रोल्पाको होलेरी चौखे बजार सम्मको करिब ७ किलोमीटर कालो पत्रे सडक केही दिनमै पुर्ण रूपमा ध्वस्त हुने सहिदमार्ग सडक आयोजनाका प्रमुख माधव अधिकारीले बताउनु भयो ।
सहिदमार्गको १०.२ टन भार बहान क्षमता भएको सडकमा करिब ३० टन सम्मको चुन ढुङ्गाको ओभर लोड बोकेर टिप्परहरु सडकमा गुड्न शुरु गर्दा पनि स्थानीय सरकार, सहिदमार्ग सडक आयोजना, स्थानीय गृह प्रशासन र सरोकारवाला निकायहरु मौन बसेको स्थानीयहरुको गुनासो रहेको छ ।
स्थानीयहरुकाअनुसार उक्त सडकमा टिप्परको क्षमता १७ टन भएका टिप्परहरुले पनि आफ्नो क्षमता भन्दा बढी २७ टन सम्म चुन ढुङ्गा बोकेर गुड्दा समेत सरोकारवाला निकायले कुनै चासो राखेको छैन । सिमेन्ट उद्योग रहेको दाङको दुधरास देखि रोल्पाको होलेरी हुँदै चुन ढुङ्गा खानी क्षेत्र गैरा भन्ने ठाँउ सम्म टिप्परहरु आवतजावत गर्दा दाङमा तीन ठाँउ र रोल्पाको होलेरिमा एक ठाँउ गरि चार ठाँउमा ट्राफिक चेकपोस्ट रहेका छन् तर पनि कुनैपनि ठाँउमा टिप्परहरुले बोकेको लोड र आवश्यक कागजातका बारेमा कुनैपनि चेकजाँच नै हुदैन । यसरी सरोकारवाला निकाहरु मौन बस्ने हो र १०.२ टन सडक भार बहान क्षमता रहेको सडकमा ३० टन सम्मको चुन ढुङ्गाको लोड बोकेको टिप्परहरु गुड्न दिने हो भने १५ दिन भित्रै सहिदमार्गको हाल सम्म केहि नभएको दाङ जिल्लाको सिमाना खुम्बास भन्ने ठाँउ देखि रोल्पाको होलेरी चौखे बजार क्षेत्र सम्मको करिब ७ किलोमिटर कालो पत्रे सडक खण्ड पनि पुर्ण रूपमा ध्वस्त हुने स्थानीयहरुको गुनासो रहेको छ ।
रोल्पाको सहिदमार्गको प्रवेश द्वार दाङको घोराही-रोल्पाको होलेरी सडक खण्डको करिब ३१ किलोमिटर सडक करिब ९ बर्ष पहिले कालो पत्रे भएको थियो र उक्त सडकमा करिब ३० टन भन्दा बढी चुन ढुङ्गा बोकेका सिमेन्ट उद्योगका टिप्परहरु दैनिक एक सय पचास भन्दा बढीको संख्यामा गुड्न शुरु गरेपछि कालो पत्रे सडकको करिब २२ किलोमीटर सडक दुई बर्षमै ध्वस्त भएको थियो । रोल्पाको सहिदमार्ग हुँदै दाङको घोराही छिमेकी जिल्ला रोल्पा, रुकुम, प्युठानका लागि दैनिक एक सय पचास भन्दा बढीको संख्यामा सार्वजनिक तथा निजी सवारी साधनहरु आवतजावत गर्ने गर्दछन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…