बैतडी । बैतडीको पाटन नगरपालिका-४ जेउडेमा पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सोमबारदेखि लगातार भइरहेको बर्षाका कारण जेउडे मोडमा सडकमाथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
आज बिहान साढे ६ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि सवारी साधनहरु बीचबाटोमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको उहाँले जानकारी दिनुभयो ।
मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेला-बेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युतको पोल समेत जोखिममा रहेको बताइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच