काठमाडौं । एनआइसी एसिया बैंकले प्रतिस्पर्धी ब्याजदर अर्थात् औसत आधार दरमा एक प्रतिशत प्रिमियम थपमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआइसी एसिया एटहट लोन अगेन्स्ट सेयर’ को आकर्षक कर्जा योजना ल्याएको छ । गतिशील बैंकिङको अभ्यास गर्दै आमग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै बैंकले ग्राहकमाझ अर्थतन्त्रको एक मुख्य पिलरका रूपमा रहेको सेयर बजार सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा सेयर कर्जा योजना ल्याएको जनाएको छ ।
ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीको साधारण सेयर एनआइसी बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बताइएको छ ।
योजनाअन्तर्गत न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सकिनेछ । प्रतिस्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको उक्त कर्जामार्फत् ग्राहकलाई सहज रूपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरूप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपछिको तीन कार्यदिनभित्रै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरिएको पनि बैंकले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच