काठमाडौं । राष्ट्रहरूलाई जोड्दै-सक्षम नेतृत्व निर्माण गर्दै भन्ने नाराका साथ बिहीबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय नेतृत्व विकासका लागि दक्षिण एसियाली एकेडेमी (एसएएआइएल) नेपाल २०२५ सुरु हुने भएको छ । जुनियर चेम्बर इन्टरनेसनल (जेसिआई) नेपालको आयोजनामा हुने चारदिने सम्मेलनले दक्षिण एसियाली मुलुकका युवालाई नेतृत्व विकास, अन्तरसांस्कृतिक समझदारी र क्षेत्रीय सहकार्यमा जोड दिने आयोजकले जनाएको छ ।
एसएएआइएलको अवधारणा सन् २०२५ मा मंगोलियाको उलानबटारमा सम्पन्न जेसिआई एसिया प्यासिफिक कन्फेरेन्समा आएको हो । नेपाल, भारत, श्रीलंका र बंगलादेशबीच संयुक्त समझदारी पत्रमार्फत् उक्त एकेडेमी स्थापना गर्ने निर्णय भएको थियो । नेपालले उक्त क्षेत्रीय पहलको पहिलो आयोजक राष्ट्र बन्ने अवसर प्राप्त गरेको छ । नेपाल जेसिजकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाको नेतृत्वमा आयोजना हुने सम्मेलन दक्षिण एसियाली युवा नेतृत्व विकासमा ऐतिहासिक कोसेढुंगा हुन सक्ने बताइएको छ । युवा नेतृत्व क्षमताको बहुआयामिक विकास, दक्षिण एसियाली राष्ट्रबीच आपसी मित्रता र सहयोगको प्रवद्र्धन, नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रवद्र्धन, उद्योग, लगानी र नवप्रवर्तनमा युवा सहभागिताको विस्तार र क्षेत्रीय साझेदारी र दीर्घकालीन सञ्जाल निर्माण यस कार्यक्रमका मुख्य विशेषता हुन् ।
सम्मेलनमा नीति निर्माण, उद्यमशीलता, नवप्रवर्तन र विश्व नेतृत्वमा केन्द्रित कार्यशालाहरू पनि सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार सम्मेलनमा जेसिआई एसिया प्यासिफिकका उपाध्यक्ष मार्क जोसेफ डेभिड, हिरोकी टोमोरीलगायत अन्तर्राष्ट्रिय अतिथिहरूको उपस्थिति रहनेछ । जेसिआई नेपालले कार्यक्रममार्फत् साझा भविष्य निर्माण, युवा क्षमता विकास र दीर्घकालीन सहकार्यको सन्देश फैलाउने लक्ष्य लिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच