कोरनाको कहरमा सारा संसार त्रासदीको अवस्थामा रहेको वेला सभ्यता, संस्कृतीका संवाहक भारत र चीन एकअर्काको विरोधमा सीमा क्षेत्रमा द्वन्द्वरत अवस्थामा रहेको थियो । १७ हजार फिटमाथिको हिमशिखरमा ५० हजार भन्दा अधिक चिनियाँ र भारतीय सैनिकहरू युद्धका लागि तम्त्यार रहेको थियो । पश्चिमा सञ्चार गृहहरूले तनावलाई मलजल गर्न कुनै कसर बाँकी राखेको थिएन । राष्ट्रवादको ज्वारभाटाका कारणले गर्दा दुई देशका सरकारहरू दबाबमा रहेका थिए । सात दशकको दौत्य सम्बन्धको इतिहास बोकेका यी दुई मुलुकबीच सीमासम्बन्धी विवादको निरुपण गर्न सैनिक अधिकारीबीच १८ पटक वार्ता भए तापनि तनाव शिथिलीकरण भइरहेको थिएन ।
सन् २०२४ मा रसियाको कजानमा भएको वार्ताले गर्दा धरातलीय अवस्थामा परिर्वतन देखियो । देपसांग र दपचौंग जस्ता ठाउँहरूबाट सैनिकहरू आ-आफ्नो शिविरमा फिर्ता हुन आरम्भ गर्यो । वर्तमान परिवेशमा ट्रम्पको हुँकार र डंकारले गर्दा चीन र भारत गम्भीर देखिएका छन् । ट्रम्पको कर नीति चीन र भारतप्रति लक्षित छ । भारतका लागि अमेरिका सबभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ भने चीन दोस्रो साझेदारको रूपमा रहेको छ ।
चिनियाँ कार्ड र भारतीय खेल्दै आएका दक्षिण एसीयाली मुलुकहरू आर्थिक प्रगतिका बाटोमा फड्को मार्न सकेको छैन । वर्तमान भू-राजनीति र भू-अर्थनीतिले गर्दा चीन र भारतबीच दौत्य सम्बन्धको पूर्ण व्याख्या हुन आवश्यक देखिन्छ ।
विगतका दिनमा भारत र चीनबीच उच्चस्तरीय भ्रमणमा तीव्रता देखिएको छ । भारतका परराष्ट्र सचिव विक्रम मिश्री, सुरक्षा सल्लाहकार अजित डोभाल, रक्षामन्त्री राजनाथ सिंह र परराष्ट्र मन्त्री डा.जयशंकरसमेत चीन यात्रा गरेका छन् । आफ्ना समकक्षीसँग धनीभूत रूपले वार्ता गरेर तनाव शिथथिलीकरणचको यात्रामा दुईवटै मुलुकहरू फड्को मारेका छन् । अवस्थालाई सहज बनाउन चीनले भारतीय धार्मिक भावनालाई मध्यनजर राख्दै कैलाश मानसरोवरको यात्रालाई सुचारु गरेका छन् भने भारतले चिनियाँ नागरिकहरूको भीसा प्रक्रियालाई सुचारु गरेका छन् ।
भारतमा चिनियाँ पर्यटकहरूको गहिरो अभिरुचि रहेको देखिन्छ । सन् २०१८ मा दुई लाखभन्दा अधिक चिनियाँहरूले भारत यात्रा गरेका थिए भने सन् २०१९ मा तीन लाखभन्दा अधिक चिनियाँ पर्यटकहरू भारत यात्रा गरेका थिए । त्यस्तै, भारतीय विद्यार्थीहरूका लागि चिनियाँ विश्व विद्यालयहरू अर्काषणको केन्द्र रहेको थियो । चिकित्सा शास्त्रमा मात्रै ३० हजार भारतीय विद्यार्थी अध्ययनरत रहेको थियो । विगत पाँच वर्षमा दौत्य सम्बन्ध कठिन मोडमा भएकाले गर्दा यी उपलब्धि ओरालो लागेको थियो । सन् २०३० मा विश्वको तेस्रो अर्थतन्त्र बन्ने संकल्प बोकेका भारतका लागि चीनसँग सहकार्यको टड्कारो आवश्यकक्ता छ । ट्रम्पको कर नीति, युरोपको उदाशीन बजार, मध्य एशियामा भएको आक्रान्त अवस्था र अफ्रिकामा भइरहेको व्यापार घाटाका कारणले गर्दा चीनका लागि भारतको बजार सबभन्दा महत्वपूर्ण छ ।
यी परिवेश र पृष्ठभूमिमा भारतीय कम्पनी डिमसन र चिनियाँ कम्पनी लौग चेयरबीच एक सम्झौता भएको छ । अर्थात् डिम्सनले ७४ प्रतिशत लगानी गर्ने र लौग चेयरले २६ प्रतिशत लगानी गरेर विद्युतीय उपकरणको क्षेत्रमा व्यापक परिर्वतन गर्ने गुरु योजनासहित अगाडि बढेको छ । चीनसँगको व्यापारमा भारतले प्रतिवर्ष ८५ विलियन अमेरिकी डलरको व्यापार घाटा व्यहोर्नु परेकाले गर्दा सो व्यापार घाटालाई सन्तुलन गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न भारत नयाँ, संकल्पका साथ अगाडि बढिररहेको छ । चिनियाँ कम्पनीहरू भारतीय बजारमा गहिरो अभिरुचि लिँदै आएको छ ।
चिनियाँ व्यापारीहरूको लागि पाकिस्तान, श्रीलंका र माल्दिप्स आर्कषणको केन्द्र रहेको देखिँदैन । पाकिस्तानमा बारम्बार चिनियाँ नागरिकहरूमाथि भइरहेको आर्कमणको कारणले गर्दा चिनियाँ व्यापारीले पाकिस्तानलाई लगानीमैत्री बजार ठानेको छैन । श्रीलंका र मालदिप्सको बजारको क्षमतासमेत चीनका लागि आर्कषण रहेको छैन । भारतलाई दबाबमा राख्नमात्र चीनले पाकिस्तान, श्रीलंका र माल्दिप्सलाई प्रयोग गरेको देखिन्छ ।
मोदीको हालै माल्दिप्स यात्राले चीन-भारत माल्दिप्सको त्रिकोणात्मक सम्बन्धलाई प्रभावित गरेको देखिन्छ । भारतविरोधी नाराबाट सत्तासीन भएका मेजु सरकारले सत्तालाई निरन्तरता दिन भारतीय लगानीको पक्षमा उभिएका छन् । आर्थिक दिवालीयापनको संघारमा रहेका श्रीलंकाले भारतबाट चार दशमलब पाँच विलियनको राहत पाएर सहज अवस्थामा पुगेका छन् । अर्को शब्दमा भन्ने हो भने चीन र भारतबीच सहज र संघन सम्बन्ध भएको खण्डमा दक्षिण एसीयाली मुलुकहरूको आर्थिक मेरुदण्ड बलियो हुनसक्दछ । चिनियाँ कार्ड र भारतीय खेल्दै आएका दक्षिण एसियाली मुलुकहरू आर्थिक प्रगतिका बाटोमा फड्को मार्न सकेको छैन । वर्तमान भू-राजनीति र भू-अर्थनीतिले गर्दा चीन र भारतबीच दौत्य सम्बन्धको पूर्ण व्याख्या हुन आवश्यक देखिन्छ ।
सन् २०३० मा विश्वको तेस्रो अर्थतन्त्र बन्ने संकल्प बोकेका भारतको लागि चीनसँग सहकार्यको टड्कारो आवश्यकक्ता छ । ट्रम्पको कर नीति, यूरोपको उदाशीन बजार, मध्यएशियामा भएको आक्रान्त अवस्था र अफ्रिकामा भइरहेको व्यापार घाटाका कारणले गर्दा चीनका लागि भारतको बजार सबभन्दा महत्वपूर्ण छ ।
भारतका पूर्वराजदूत र सामरिक जानकार निरुपमा रावले आफ्ना पुस्तक ‘फ्रयाकर्चड हिमालय’मा भारत र चीनबीचको तनावका कारण तिब्बत रहेको कुरा उल्लेख गरेकी छन् । तिब्वतका धार्मिक नेता सन् १९५९ देखि नै भारतको हिमाचल प्रदेशमा आश्रम लिँदै आएका छन् । दलाई लामाको उक्त बसाइले गर्दा चीन भारतसँग चिडिँदै आएको छ । त्यस्तै भारत-चीनबीच भएका कूटनीतिक आरोह र अवरोहका बारेमा भारतका पूर्वराजदूत विजय गोखलेले एक पुस्तक ‘लौंग गेट’ सार्वजनिक गरेका छन् । गोखरले अनुसार भारतकाबीच असहज र असामान्य सम्बन्ध हुनुका कारण कूटनीतिक शैली र सामरिक सोच रहेको कुरा उनले उल्लेख गरेका छन् ।
अर्थात् माओले चीनको नेतृत्वमा नयाँ एसिया निर्माण गर्नुपर्ने तर्क अगाडि राखेका थिए । तर, नेहरूले एसियाको परिर्वतनको भारत–चीनको संयुक्त नेतृत्वमा जोड दिएका थिए । चीनले भारतलाई क्षेत्रीय शक्तिको रूपमा मात्र हेर्न खोजेको कारणले गर्दा भारत–चीनबीच तनाव चुलिएको थियो । अर्थात् तनाव शिथिलीकरण गर्न भारत–चीनबीच रहेको संसारको सबभन्दा ठूलो सीमा विवादलाई निरुपण गर्न आवश्यक छ ।
भारतीय पक्षले मेकमोहन (सन् १९१४) सम्झौतालाई आधार स्तम्भ मानेको छ भने चीनले उक्त सम्झौतालाई साम्राज्यवादको दस्तावेजको रूपमा संज्ञा दिएका छन् । मेकमोहन सम्झौतामा चीन, ब्रिटिश, इण्डिया र तिब्बत समाहित रहेका थिए । स्मरण रहोस् कि मेकमोहन सम्झौताको कसीमै चीनले मयानमासँग सीमासम्बन्धी समस्याको समाधान गरेका छन् । अवजरभर रिर्सच फउनडेशनका मूर्धन्य व्यक्तित्व समीर शरणनुसार भारत-चीनबीच राजनीतिक मतभेद र मनभेद भए तापनि आर्थिक सहयात्रा हुन अति आवश्यक देखिन्छ । सिंगापुर विश्व विद्यालयका अद्भूत सामरिक जानकार किशोर मेदबुवानीले आफ्ना पुस्तक ‘एसियन मिराकल’ मा भारत र चीनबीच सहकार्य भएको खण्डमा २१औं सताब्दी एशियन सताब्दी हुने शोधद्वारा सिद्ध गरेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच