इस्लामावाद । दुईपटककी ओलम्पिक च्याम्पियन लौरा डालमेयरको पाकिस्तानमा पर्वतारोहण अभियानका क्रममा दुर्घटनामा मृत्यु भएको छ । जर्मनी निवासी लौरा डालमेयरको सोमबार काराकोरम पर्वतमा आरोहण अभियानका क्रममा खसेका चट्टानहरूमा फसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जर्मनी र अमेरिकाका विशेषज्ञ पर्वतारोहीहरू सम्मिलित टोलीले तुरुन्तै उद्धार कार्य सुरु गरेका थिए तर प्रतिकूल मौसमले खोजीमा बाधा पुर्याएको थियो ।
जर्मन बायाथलन च्याम्पियन लौरा डालमेयरको उत्तरी पाकिस्तानको पहाडको चुचुरो चढ्ने क्रममा दुर्घटनामा मृत्यु भएको हो । ओलम्पिककी स्वर्ण पदक विजेता डालमेयर सोमबार काराकोरम पर्वत शृंखलाको लैला चुचुरो चढ्दै गर्दा ढुंगाले लागेर घाइते हुनुभएको थियो । गिलगिट-बाल्टिस्तान क्षेत्रीय सरकारका प्रवक्ता फैजउल्लाह फाराकले उद्धारकर्मीहरूले बुधबार पहाडमा डालमेयरको मृत्यु भएको पुष्टि गरेको बताउनुभयो ।
फराकले उद्धारकर्ताहरूले शव निकालेपछि स्कार्दु शहरमा ल्याइने बताउनुभयो । डालमेयर २०१७ महिला बायाथलन विश्वकपकी विजेता हुनुहुन्थ्यो । हरेक वर्ष उत्तरी पाकिस्तानमा सयौं पर्वतारोहीहरू पहाड चढ्ने प्रयास गर्छन् र हिमपहिरो र अचानक मौसम परिवर्तनका कारण दुर्घटनाहरू हुने गर्छन् । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच