काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ...’ मञ्चन भईरहेको छ । सर्वनाम २१औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमीक्षा न्यौपाने, इस्मिता भुसाल, अञ्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाईं, मनोज बोहरा, पवन थापालगायत कालाकार को अभिनय छ । नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैंभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
मितव्ययी रंग दर्शनलाई प्राथमिकतामा राखेर नाटकहरू निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ । प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहनुभएको छ ।
तीन महिने रंग प्रशिक्षणपश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ...’ त्यही सिद्धान्तमा आधारित रहेको छ । बिहीबारबाहेक हरेक दिन सवा पाँच बजे र अतिरिक्त सो शनिबार एक बजे मञ्चन हुँदै आइरहेको नाटक साउन १८ गतेसम्म मञ्चन हुनेछ ।







सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक