काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँट भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त भई असार १३ गते देखि २७ गतेसम्म इकाई सार्वजनिक रूपमा निष्कासन तथा बिक्री खुला गरिएकोमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत् माग गरिएभन्दा बढी दरखास्त प्राप्त भएको थियो ।
प्राप्त आवेदकको विवरणअनुसार बाँडफाँट समितिको बैठकले तयार पारेको बाँडफाँट तालिका बोर्डमा पेश गरिएकोमा बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकाले सोही तालिकालाई अन्तिम रूप दिई धितोपत्र बोर्डको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम बिहीबार बाँडफाँट कार्य सम्पन्न भएको बैंकले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि