सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२, घारिबथानमा गोमन सर्पको डसाइबाट एक महिलाको ज्यान गएको छ । ५० वर्षीया सीता परियारको बिहीबार साँझ सुँगुरलाई चारो हाल्न गएका बेला सर्पले दुई पटक खुट्टामा डसेको थियो ।
परियारलाई गम्भीर अवस्थामा नवलपुर सर्पदंश उपचार केन्द्र पुर्याइए पनि त्यहाँ भेन्टिलेटर र आइसियु सुविधा नहुँदा जनकपुर रेफर गरिएको थियो । तर, उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईश्वरपुर नगरपालिका-१२ का वडा सदस्य खेमबहादुर बुढाथोकी (दिनेश) ले जानकारी दिनुभयाे ।
उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवकाअनुसार, परियारको अवस्था अत्यन्त चिन्ताजनक थियो । उनलाई १० भाइल एन्टीस्नेक भेनम दिइए पनि बोल्न नसक्ने र थुक्न समेत नसक्ने अवस्थाबाट उकास्न नसकिएको जनाइएको छ ।
यसअघि पनि बागमती नगरपालिका-११, कर्मैयामा फर्सी टिप्न गएका बेला गोमन सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको थियो।
गर्मीको मौसमसँगै तराई-मधेश क्षेत्रमा विषालु सर्पको बिगबिगी बढ्दो छ । तर, प्रभावकारी उपचार प्रणालीको अभावमा सर्पदंशले ज्यान जाने घटनामा वृद्धि भएको छ । स्थानीय तह र स्वास्थ्य निकायले समयमै जनचेतना तथा पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने देखिएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि